सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

सबस्त इन्टरटेनमेन्ट,काठमान्डौ – छत्रेश्वर म्यानेजमेन्ट प्रालिको ब्यानरमा निर्माण हुन लागेको चलचित्र ‘महाराजधिराज’मा पल शाह,रमेश उप्रेती र आर्यन सिग्देल पछि नायीका वर्षा राउत अनुबन्धित भएकी छिन् ।

यस चलचित्रमा कलाकारको लाइनअप हेर्दा स्टार कास्टको राम्रै भीड देखिएको छ । चलचित्र ‘महाराजधिराज’ मा नायीका वर्षा शिवाकोटी पहिले नै अनुबन्धितभइसकेकी छिन् ।

‘महाराजधिराज’ लाई परिच्छेद सेनले निर्देशन गर्दैछन् । ‘महाराजधिराज’ को पहिलो पोस्टर चलचित्र घोषणा कै क्रममा  सार्वजनिक गरिएको छ ।

निर्देशक परिच्छेद सेन कै लेखन रहेको चलचित्रलाई फूलपातीमा प्रदर्शनमा ल्याउने कुरा निर्माण टिम को रहेको छ । सेनले यसअघि निर्देशन गरेको चलचित्र ‘प्रेमगञ्ज’ समीक्षात्मक रुपमा अब्बल ठहरिएको थियो ।

राष्ट्रिय अवार्ड बिजेता विराज बिष्ट  चलचित्र ‘महाराजधिराज’ का प्रस्तुतकर्ता  हुन् । चलचित्रको निर्मातामा टोपेन्द्र विष्ट, चक्रबहादुर केसी र रवि खड्का छन् ।

©2025 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com