सबस्त इन्टरटेनमेन्ट,काठमान्डौ – चलचित्र ‘एक्टर टेक वान’बाट नेपाली रजतपटमा डेब्यु गरेकी नायीका दिव्या रायमाझी चलचित्र ‘राम नाम सत्य’मा अनुबन्धित भएकी छिन । दिव्याले दुई एक्सन अभिनेताहरुसँग स्क्रिन शेयर गर्ने भएकी छिन् ।
माइकल चन्दको निर्देशनमा बन्न लागेको चलचित्र ‘राम नाम सत्य’मा दिव्या र टिमबिच आइतवार कागजी सम्झौता भइसकेको छ ।
चलचित्रमा यसअघि नै अभिनेता विराज भट्ट र सुशील श्रेष्ठ फाइनल भइसकेका छन् । विराज र सुशीलसँग काम गर्न पाउँदा आफू उत्साहित रहेको दिव्याको भनाई छ । दिव्या पछिल्लो पुस्ताकी सर्वाधिक माग भएकी अभिनेत्री हुन ।
चलचित्रको छायांकन साउनबाट प्रारम्भ गर्ने योजना निर्माणपक्षको छ । माइकल इन्टरटेन्मेन्ट हाउसको प्रस्तुतिमा तयार हुन लागेको चलचित्रमा माइकल चन्दकै लेखन छ । उपेन्द्र शाही, स्वेता विमली र उत्तम गुरुङ चलचित्रका निर्माता हुन् । चलचित्रमा डाक्टर डीआर उपाध्याय र नरेन्द्र शाह कार्यकारी निर्माताको रूपमा छन् । अर्जुन पोखरेल र वावुल गिरीको संगीत रहने चलचित्रमा सुशन प्रजापतिको छायांकन रहने पक्का भइसकेको छ ।
प्रतिक्रिया