सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

सबस्त इन्टरटेनमेन्ट,काठमान्डौ – यहि शुक्रबार,जेठ ९ गतेदेखि प्रदर्शनमा आउन लागेको बहुप्रतिछित चलचित्र ‘नरसिंहाः अवतार’ महानायक राजेश हमालको करिब ८ वर्षपछि पुन: पर्दामा कमब्याक भएको चलचित्र यसकारणले बहुप्रतिक्षित रहेको छ ।

तर ‘नरसिंहा अवतार’ प्रदर्शनको तयारीमा रहिरहँदा चलचित्र हलमा भने अपेक्षाकृत कम शो पाएको छ । राजधानी काठमाडौं लगायतका प्रमुख मल्टिप्लेक्स र सिंगल स्क्रिन हलहरूमा चलचित्रलाई दिन सकिने सम्भावित शो संख्याको आधाभन्दा पनि कम दिइएको छ ।

चलचित्रलाई काठमाडौंका क्युएफएक्स, बिग मूभिजलगायतका मल्टिप्लेक्सहरूमा मिलेर जम्मा ३० देखि ४५ शो मात्र दिइएको छ, जुन एक ठूला स्तरको चलचित्रका लागि निकै कम मानिन्छ । देशभरका प्रमुख शहरहरूमासमेत चलचित्रलाई सीमित पर्दामा मात्रै प्रदर्शन गर्न शो दिइएको छ ।

यसभन्दा अगाडि प्रदर्शनमा आएका नेपाली चलचित्रहरुलाई दिएका योसख्या भन्दा निकै कम ‘नरसिंहा: अवतार’ लाई दिइएको छ । काठमाडौंको चलचित्रको वितरकसमेत रहेको क्युएफएक्स सिनेमा हलहरुले यस चलचित्रलाई बिहान र बेलुकाका शोमात्र दिएका छन्, तर दिउँसोमा एक शो पनि यस चलचित्रले पाएको छैन ।

शो सख्या कम भएसँगै यस चलचित्रले दिउँसोको शो नपाउनु नै चासोको विषय बनेको छ । महानायकको कमब्याक र ट्रेलरमार्फत अझ बढि चर्चा बटुलेकोचलचित्रलाई कम सो किन दिइयो ? भन्ने प्रश्न यतिबेला उठिरहेको छ ।

वास्तवमा ‘नरसिंहा: अवतार’ जस्तो बहुप्रतिक्षित नेपाली फिल्मले पर्याप्त शो नपाउनु दुःखद विषय हो ।

चलचित्रमा राजेश हमाल, नीति शाह, राज कटुवाल, सरोज खनाल, निर शाह, अर्जुन श्रेष्ठ, उषा खड्गी, रमेश चन्द सोडारी, दीपा शाही, आशा पौडेल, प्रशान्त ताम्राकार, राजिभ जंग बस्नेत, प्रकाश जंग कुँवर, प्रभु श्रेष्ठ, अमित गिरी, मिसेल घिमिरे, सरोज शाह, किशोर भट्ट, टार्जन, एभिलिना खड्का, समाइरा थापा लगायतका कलाकारहरुको अभिनय रहेको छ ।

दिवाकर भट्टराइको लेखन तथा निर्देशनमा तयार भएको चलचित्रमा चन्द्र पन्तको कथा, राजु तामाङको एक्सन निर्देशन, कविराज गहतराज, माइकल चन्द र रामजी लामिछानेको कोरियोग्राफी, राजु थापाको डीओपी रहेको छ ।

करण सिंह प्रोडक्सन म्यानेजर रहेकोचलचित्रमा समिर मियाको भीएफक्स, साहिल खान र मिलन श्रेष्ठको सम्पादन, वसन्त अधिकारी एसोसियट निर्देशक रहेको चलचित्रमामा नेम महर्जनको लगानी छ । चलचित्रमाका निर्मातामा दीपक शर्मा ढकाल, नरेन्द्र महर्जन र ध्रुव न्यौपाने छन् ।

 

©2025 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com