सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

सबस्त इन्टरटेनमेन्ट,काठमान्डौ – यहि शुक्रवाररदेखि प्रदर्शनमा आउन लागेको चलचित्र ‘नरसिंहाः अवतार’ रिलिजको मिति नजिकिदै गर्दा यस चलचित्र टिमले नयाँ गीत ‘तिम्रो मात्र हुने मन छ’ सार्वजनिक गरेको छ । अर्जुन पोखरेलको शब्द तथा संगीत रहेको ‘तिम्रो मात्र हुने मन छ’ गीतमा सैराज खाती र सनिशा सुनवारको स्वर रहेको छ ।

उक्त रोमान्टिक गीतमा नायक राज कटुवाल र नायिका सनिशा भट्टराइलाई फिचर्ड गरिएको छ साथै राज र सनिशालाई रोमान्टिक अवतारमा प्रस्तुत गरिएको छ । राजु थापाको छायांकन रहेको गीतमा माइकल चन्दको नृत्य निर्देशन रहेको छ ।

चलचित्रमा राजेश हमाल, नीति शाह, राज कटुवाल, सरोज खनाल, निर शाह, अर्जुन श्रेष्ठ, उषा खड्गी, रमेश चन्द सोडारी, दीपा शाही, आशा पौडेल, प्रशान्त ताम्राकार, राजिभ जंग बस्नेत, प्रकाश जंग कुँवर, प्रभु श्रेष्ठ, अमित गिरी, मिसेल घिमिरे, सरोज शाह, किशोर भट्ट, टार्जन, एभिलिना खड्का, समाइरा थापा लगायतका कलाकारहरुको अभिनय रहेको छ ।

दिवाकर भट्टराइको लेखन तथा निर्देशनमा तयार भएको चलचित्रमा चन्द्र पन्तको कथा, राजु तामाङको एक्सन निर्देशन, कविराज गहतराज, माइकल चन्द र रामजी लामिछानेको कोरियोग्राफी, राजु थापाको डीओपी रहेको छ ।

करण सिंह प्रोडक्सन म्यानेजर रहेकोचलचित्रमा समिर मियाको भीएफक्स, साहिल खान र मिलन श्रेष्ठको सम्पादन, वसन्त अधिकारी एसोसियट निर्देशक रहेको चलचित्रमामा नेम महर्जनको लगानी छ । चलचित्रमाका निर्मातामा दीपक शर्मा ढकाल, नरेन्द्र महर्जन र ध्रुव न्यौपाने छन् ।

चलचित्र ‘नरसिंहाः अवतार’को बुकिङ खुलिसकेको छ ।

©2025 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com