सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

सबस्त इन्टरटेनमेन्ट,काठमान्डौ – पेपर क्लिपको ब्यानरमा निर्माण भएको चलचित्र ‘जनै हराएको बाहुनः सम्बन्धका धागाहरू’ को नाम परिवर्तन भएको छ । अब चलचित्रको नाम ‘जनै हराएको मान्छेः सम्बन्धका धागाहरू’ राखिने भएको छ । हिन्दु धर्मसँग सम्बन्धित केही व्यक्ति तथा संस्थाले नाममा चासो देखाएपछि चलचित्र निर्माण पक्षले चलचित्रको नाम परिवर्तन गरेको हो ।

भदौ ६ गते रिलिजबाट प्रदर्शनमा आउने चलचित्रको नाम परिवर्तन गर्दै निर्माण पक्षले मुख्य पात्र विजय बरालको क्यारेक्टर पोस्टर  सार्वजनिक गरेको छ । चलचित्रको छायांकन काठमाडौं, ललितपुर, भक्तपुर र काभ्रेमा गरिएको छ । निर्देशक हिमाल न्यौपानेले ‘जनै हराएको मान्छेः सम्बन्धका धागाहरू’ ले आमा र छोराबीचको भावनात्मक कथा भन्ने बुझिएको छ ।

चलचित्रमा कलाकारहरु  विजय बराल, केकी अधिकारी, मिरुना मगर, गौरव पहाडी, सुशांक मैनाली र भोलाराज सापकोटा,रियर राई, भावना खपांगी मगर, रुपेश लामा, सुमन थापाको अभिनय रहेको  छ ।

चलचित्रका निर्माता कमल न्यौपाने र विमल न्यौपाने हुन् । सह–निर्मातामा आरके मानन्धर, रुपेश लामा, सिआर बस्नेत, नारायण तिमिसिना र चुडामणि सिवाकोटी रहेका छन् । थानेश्वर गौतम,अर्जुन पोखरेल, एसडी योगी र प्रसान्त सिवाकोटीको संगीत रहेको चलचित्रमा नवीन गुरुङ डीओपी र कृष्ण परियारको सिनेमेटोग्राफी रहेको छ । चलचित्रको कथा, पटकथा र संवाद भानुभक्त ढकालले लेखेका हुन् ।

गोविन्द शाहीको काफिया फिल्म्सले वितरण गरिरहेको चलचित्र ‘जनै हराएको मान्छेः सम्बन्धका धागाहरू’ भदौ ६ गते बाट प्रदर्शन  हुनेछ ।

©2025 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com