सबस्त इन्टरटेनमेन्ट,काठमान्डौ – रोहित अधिकारी फिल्म्सको प्रस्तुतिमा निर्माण भइरहेको चलचित्र ‘माइतीघर’ मा पुरानो चलचित्र ‘माइतीघर’को सदाबहार गीत ‘यो हो मेरो प्राण भन्दा प्यारो माइतीघर’ लाई यतिबेला फेरिपनि छायांकन गरिदै छ ।
उक्त गीतको छायांकन सेटबाट केही तस्विर समेत सार्वजनिक गरिएको छ । उपासना सिंह ठकुरी र श्यामा श्री शेर्पालाई परम्परागत भेषभूषामा कोरस डान्सरका साथ गीतको भिडियोमा देख्न सकिनेछ ।
भारतीय गायिका संजीवनी को आवाजमा पुनः रि रेकर्ड गरिएको ‘माइतीघर’ गीतको भिडियोमा नायीकाद्वय उपासना सिंह ठकुरी र श्यामा श्री शेर्पालाई सिनियर डान्स मास्टर कमल राईले कोरियोग्राफी गरिरहेका छन् । उक्त गीतमा गीतकार किरण खरेलको शब्द तथा संगीतकार जयदेवको संगीत समावेश गरिएको छ ।
चलचित्र ‘माइतीघर’ मा कलाकारहरु धीरज मगर, केदारप्रसाद घिमिरे ‘माग्ने बुढा’, प्रकाश सपुत, उपासना सिंह ठकुरी, श्यामाश्री शेर्पा, बुद्धि तामाङ, शिशिर बाङ्देल लगायतकाहरूको अभिनय रहनेछ ।
मिलन तामाङले निर्देशन गरिरहेको चलचित्रको छायांकन सुसन प्रजापतिले गर्दैछन् । चलचित्रमा रोहित अधिकारी, रविन शेरचन र धीरज तामाङ निर्माताका रूपमा रहेका छन् ।
चलचित्र ‘माइतीघर’ दशैंको समयमा प्रदर्शनमा आउनेछ ।
प्रतिक्रिया