सबस्त इन्टरटेनमेन्ट,काठमान्डौ – निर्देशक ऋषि लामिछानेद्वारा निर्देशित चलचित्र ‘माग्ने राजा’ को ओभरसीज राइट विक्रि भएको छ । चलचित्रको ओभरसीज राइट विक्रि भएको कुरा एभरेष्ट इन्टरटेनमेन्ट तथा इपिक इन्टरटेनमेन्टले जानकारी दिएको छ । चलचित्रको अमेरिका तथा क्यानडा प्रदर्शन अधिकार विक्रीका लागि औपचारिक रुपमा हस्ताक्षर भएको कुराको जानकारी गराइएको छ ।
चलचित्रमा कलाकारहरु केदार घिमिरे, वर्षा शिवाकोटी, आर्यन सिग्देल, विल्सन विक्रम राई आदिको अभिनय रहेको छ ।
सामीप्य राज तिमिल्सिनाको लेखन र मुनाल घिमिरे निर्माता रहेको चलचित्र आगामी अगस्ट महिनामा अमेरिका र क्यानडाका अधिकांश शहरहरुमा प्रदर्शन हुनेछ ।
चलचित्र ‘माग्ने राजा’ नेपालमा यहि वर्षको तीजमा प्रदर्शनमा आउने छ ।
प्रतिक्रिया