सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

सबस्त इन्टरटेनमेन्ट,काठमान्डौ – मल्टि स्टारर एक्सन जनराको चलचित्र ‘पिताम्बर’ निर्देशन गरेकी निर्देशक कृषा चौलागाईँको अहिले चलचित्र जगतमा चारैतीर चर्चा रहेको छ । कृषाले चलचित्र ‘पिताम्बर’ मा आफूलाई आँटिलो निर्देशकको रुपमा पुष्टि गरेकी छिन भने अहिले कृषालाई बाहिरका चलचित्र बाट पनि निरन्तर अफर आइरहेको छ ।

यसैबीच, गएको साता जापान भ्रमणमा चलचित्र ‘पिताम्बर’ निर्देशक कृषा चौलागाईँ जापानमा भएको अवार्डमा सहभागी हुन पुगेकी थीयीन । उक्त अवार्ड समारोहमा पुगेको समयमा निर्देशक चौलागाँइले नयाँ चलचित्र साइन गरेकी छिन् । उनले नेपाल, भारत तथा फिलिपिन्सका कलाकारहरुले एकसाथ काम गर्न लागेको एक अनटाइटल प्रोजेक्ट साइन गरेकी छिन् ।

चलचित्रलाई यूएनए प्रोडक्सनले निर्माण गर्दैछ । चलचित्रमा जापानको एक टिमको समेत सहकार्य रहने पक्का भएको छ । जापानमा रहेर चलचित्र वितरण गर्दै आएको यूएनए इन्टरटेन्मेन्टले अब यूएनए प्रोडक्सनको नाममा चलचित्रलाई निर्माण गर्नेछ ।

यूएनए प्रोडक्सनका प्रमुख उज्ज्वल गुरागाँई र निर्देशक कृषा चौलागाइँविच कागजी सम्झौता भएको हो ।
चलचित्रको छायांकन भदौ देखि प्रारम्भ हुनेछ । चलचित्रलाई नेपाल, जापान र फिलिपिन्समा खिच्ने पक्का भएको छ । चलचित्रको नाम, कलाकारहरुको बारेमा छिट्टै जानकारी दिने निर्माण पक्षले बताएको छ ।

चलचित्रका लागि निर्देशक कृषा चौलागाईले महंगो रकम लिएकी छिन् । तर, निर्माण पक्षले कृषाले लिएको रकम भने खुलाएको छैन ।

कृषाले ‘पिताम्बर’ पछि आफू नयाँ प्रोजेक्टमा जोडिएको भन्दै दर्शकको विश्वासलाई टुट्न नदिने प्रतिवद्धता व्यक्त गरेकी छिन् । चलचित्रको हाल धमाधम स्क्रिप्टमा काम भइरहेको छ ।

 

©2025 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com