सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

सबस्त इन्टरटेनमेन्ट,काठमान्डौ – निर्माणाधिन चलचित्र ‘परालको आगो’मा पुरानै कालजयी गीत ‘उडिजाउं भने म पन्छी हैन,बस्न ए लै मन छैन’ समाबेश हुने भएको छ। निर्माण पक्षले संगीतकार शान्ति ठटालसँग यो गीत चलचित्रमा राख्नका लागि अनुमति लिएको छ। सुशिल पोखरेलको निमार्णमा बन्न लागेको चलचित्र ‘परालको आगोमा’का लागि संगीतकार शान्ति ठटालसम्म उनको निवासमै पुगेर सम्झौता भएको हो।

चार दशक अघि निर्माण भएको चलचित्र ‘परालकै आगो’को गीतलाई नयाँ पनि राख्नका लागि अनुमति लिएको निर्माता पोखरेलले बताए। शान्ति ठटालको संगीत रहेको यो गीतमा मनबहादुर मुखियाको शब्द र स्व.अरुणा लामाको स्वर रहेको छ। यो कालजयी गीत ‘उडिजाउं भने म पन्छी हैन,बस्न ए लै मन छैन’ बोलको गीत अहिले पनि उतिकै चर्चामा छ। परालको आगोका लागि यो गीत नै चाहिने हुनाले श्रष्टा ठटालकै निवास भारतको सिलगुडी पुगी संगीतकार गीतका लागि अनुमती लिइएको निर्माता पोखरेलले बताए। उनका अनुसार दुवै पक्षबीच कागजी सम्झौता समेत भएको छ।

संगीतकार ठटालले आफुले यो गीत परालको आगोमा समावेश गर्नअनुमति दिएको बताएकी छन् उनले भनिन्, ‘श्री ॐ सिने मेकर्स प्रा.लिबाट निर्माण हुन लागेको नेपाली कथानक चलचित्र गुरु प्रसाद मैनालीको कथा ‘परालको आगो’मा उल्लेखित शब्द र मैले कम्पोज गरेको संगीत ‘उडी जाउं भने म पन्छी हैन, बस्न ए लै मन छैन’पुन निर्माणाधिन चलचित्र ‘परालको आगो’मा प्रयोग गर्न मेरो पुर्ण मन्जुरी छ। साथै चलचित्रको अपार सफलताको हार्दिक मंगलमय शुभकामना पनि दिन चाहन्छु।’

कथाकार गुरुप्रसाद मैनालीको कृतिमा आधारित चलचित्र ‘परालको आगो’मा अभिनेताद्धय जितु नेपाल, प्रकाश सपुत, अभिनेत्री सुहाना थापाले अभिनय गर्ने पक्कापक्की भइसकेको छ। केहि साताअघि निर्माण टिमले उनीहरुलाई अनुबन्धित गरेको हो।

चलचित्र निर्माण कम्पनी हरिओम सिने मेकर्सका तर्फबाट निर्माता सुशील पोखरेलले सुहानालाई शुक्रबार चलचित्रमा अनुबन्धित गरेकी हुन् । मैनाली कथा पुरस्कार ट्रस्टले केही समयअघि हरिओम सिने मेकर्स निर्माता कम्पनीलाई चलचित्र निर्माणको मञ्जुरी दिएको छ । ‘परालको आगो’ मैनालीको कथा संग्रह ‘नासो’मा संग्रहित छ । उनले दर्जनौं मल्टिस्टारलाई अभिनय गराएर त्यही मात्रामा सुपरहिट चलचित्र दिएको ठूलो ब्यानर हरिओम सिने मेकर्स र ‘बुलाकी’ जस्तो दर्जनौं अवार्ड विजेता निर्देशक लक्ष्मण सुनारको निर्देशनमा बन्न लागेको यो चलचित्रमा वि.स. २०८२ को दशैंमा हुनेछ। यो नाममा ४५ वर्षअघि निर्देशक प्रताप सुब्बाले चलचित्र निर्माण गरेका थिए ।

निर्माता पोखरेलले यसपटक लोकेसन, प्रस्तुतीकरण र पटकथालाई फरक किसिमले चलचित्रमा प्रस्तुत गर्न लागेको बताए । निर्देशक लक्ष्मण सुनारको निर्देशन रहने चलचित्र फागुनदेखि छायांकनमा जाँदैछ। कथा ‘परालको आगो’ मा दुई पात्र चामे र गौँथलीको झैँझगडालाई प्रस्तुत गरिएको छ। निर्माता पोखरेलले यसअघि चलचित्रहरु ‘मैदान’, ‘जीवनदाता’, ‘निगरानी’, ‘जय शिव शंकर’, ‘लभ सभ’, ‘राधे’ र ‘यात्रा’ निर्माण गरिसकेका छन् ।

 

 

©2025 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com