सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

सबस्त इन्टरटेनमेन्ट,काठमान्डौ – अभिनेता भुवन केसीको होम प्रोडक्शनमा निर्माण हुन लागेको चलचित्र ‘बाटुलो जुन’ मा अभिनेता अनमोल केसीसँग  मोडल प्रिन्सी खतिवडाले काम गर्ने पक्का भएको छ । प्रिन्सीको यो डेब्यू नेपाली चलचित्र रहनेछ ।

‘सपना’ नामक हिन्दी चलचित्रमा काम गरिसकेकी प्रिन्सीले, ६० भन्दा बढी नेपाली र  १० वटा जति हिन्दी म्युजीक भिडीयोमा काम गरिसकेकिछन । चलचित्र ‘बाटुलो जुन’ का लागि लिइएको अडिसनमा १५ जनाबाट प्रिन्सीलाई निर्माणपक्षले अनमोलको जोडीको रुपमा छनोट गरेका छन् ।

चलचित्र ‘बाटुलो जून’ शिर्षकमा चलचित्र विकास बोर्डमा चलचित्र दर्ता पनि भैसकेको छ । अभिनेता भुवन केसीले निर्देशन गर्ने भनेर हल्ला र चर्चा चलेता पनि ‘बाटुलो जुन’ चलचित्रको निर्देशन गर्न भारतीय निर्देशक पवन कौल गएको साता नेपाल आइसकेका छन्  ।

सामीप्य तिमिल्सिनाको लेखन रहेको चलचित्र ‘बाटुलो जुन’मा बलिउड छायाँकार प्रमोद प्रधानको छायाँकन रहनेछ । असार महिनामा एक हप्ता छायाँकन गरेर बाँकी छयांकन भदौमा हुने जानकारी निर्माण टीमले गरेको छ ।

अभिनेता अनमोल केसीसँग मोडल प्रिन्सी खतिवडा साथै अभिनेता भुवन केसीको पनि अभिनय रहने छ ।

 

©2025 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com