सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

सबस्त इन्टरटेनमेन्ट,काठमान्डौ – ड्रागन मोसन पिक्चरको प्रस्तुति रहेको नयाँ गीतको भिडियो ‘ठिकै छ मेरी प्रिय’सार्वजनिक भएको छ। शुक्रबार एक कार्यक्रमकाबीच गीतको भिडियो रिलिज गरिएको हो।

अनुजा बरालको निर्देशनमा तयार भएको यो भिडियोले प्रेम, पीडा र द्वन्द्वको कथा प्रस्तुत गरेको छ। गीतको भिडियोमा गुरु वसिष्ठ, प्रेम परियार र श्रितिका श्रेष्ठको अभिनय रहेको छ भने गीतलाई गुरु वसिष्ठले नै गाएका छन्। गीतको शब्द शेखर थापाको र संगीत दिवेश राईको रहेको छ। निर्माण पक्षले भिडियोले दर्शक–श्रोताको मन जित्ने विश्वास व्यक्त गरेको छ।

भिडियोमा सत्यम रानाको दृश्य प्रविधि (भीएफएक्स) सम्हालेका छन् भने राजेन्द्र मोक्तानले रंग संयोजन र सारथी थापाले छायांकन गरेका छन्। गीतको भिडियोलाई सर्वेश शाहले सम्पादन गरेका छन्। भिडियोलाई ड्रागन मोसन पिक्चरको आधिकारिक युट्युब च्यानलमार्फत हेर्न सकिने छ।

©2025 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com