सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

सबस्त इन्टरटेनमेन्ट,काठमान्डौ –  निर्देशक कृषा चौलागाईँले बनाउन लागेको नयाँ चलचित्र ‘जहाजैमा’ फिलिपिनो अभिनेत्री रजेल इचिमियालाई लिएर काम गर्ने पक्का भए पश्चात अहिले चलचित्रको मुख्य भूमिकामा अभिनेता केदार घिमिरेले अभिनय गर्ने पक्का भएको छ  । चलचित्रका लागि निर्माण टीमले माग्ने बुढालाई अनुबन्धित गरेको छ ।

चलचित्रमा केदार अनुवन्धित भएपछि कृषा भन्छिन – ‘केदारजी अहिलेको सर्वाधिक रुचाइएको कलाकार हुनुहुन्छ । हाम्रो फिल्ममा उहाँको निकै नै महत्वपूर्ण भूमिका छ । उहाँलाई फिल्ममा भित्राउन पाउँदा निकै नै उत्साहित छौं ।’

चलचित्रको हाल धमाधम प्रि–प्रोडक्सनको काम चलिरहेको छ । फिल्मको प्रि–प्रोडक्सनमा साथ दिन यसका निर्माता उज्ज्वल गुरागाँई जापानबाट नेपाल आएका छन् । चलचित्रले नेपाल, जापान र फिलिपिन्सको कथा भन्नेछ ।

चलचित्रलाई यूएनए प्रोडक्सनले निर्माण गर्दैछ । चलचित्रमा जापानको एक टिमको समेत सहकार्य रहने पक्का भएको छ । जापानमा रहेर चलचित्र वितरण गर्दै आएको यूएनए इन्टरटेन्मेन्टले अब यूएनए प्रोडक्सनको नाममा चलचित्रलाई निर्माण गर्नेछ ।

यूएनए प्रोडक्सनका प्रमुख उज्ज्वल गुरागाँई र निर्देशक कृषा चौलागाइँविच कागजी सम्झौता भएको हो । चलचित्रको छायांकन भदौ देखि प्रारम्भ हुनेछ । चलचित्रलाई नेपाल, जापान र फिलिपिन्समा खिच्ने पक्का भएको छ । चलचित्रका बाकी कलाकारहरुको बारेमा छिट्टै जानकारी दिने निर्माण पक्षले बताएको छ । चलचित्रलाई पुरुषोत्तम प्रधानले छायांकन गर्नेछन् । चलचित्र सन् २०२६ मा प्रद्रशनमा आउने छ ।

©2025 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com