सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

सबस्त इन्टरटेनमेन्ट,काठमान्डौ – सलोन सलिना फिल्मस्को प्रस्तुति साथै निर्देशक शोभित बस्नेतको निर्देशनमा तयार भएको चलचित्र  ‘पीआर’को आज टिजर सार्वजनिक गरिएको छ । आज भएको पत्रकार सम्मेलनमा अष्ट्रेलियामा पीआरका लागि गरिने संघर्ष, दुःख-सुखमा तयार भएको कथाको  चलचित्रको टिजर सार्वजनिक गरिएको छ ।

चलचित्रमा अष्ट्रेलियामा रहेका नेपालीहरूको जीवनशैली बताउने छ । कार्यक्रममा वरिष्ठ कलाकार नीर शाह प्रमुख अतिथीका रुपमा रहेका थिए ।

चलचित्रमा कलाकारहरु सुरज पौडेल, विनिता कार्की, राजन कुँवर, पूजा चौधरी, आश्मा अधिकारी, विमल खत्री, नविन गयाल र कुशल थापाको अभिनय रहेको छ । चलचित्रमा बिशेष अतिथी कलाकारहरु नीर शाह, रबीन्द्र खड्का र गौरी मल्लको पनि उपस्थिती रहेको छ ।

नेपाल र अष्ट्रेलियामा छायाँकन गरिएको चलचित्रमा लक्ष्मण सापकोटा र प्रदीप दाहालको लगानीमा रहेको छ । चलचित्रमा सौरभ लामाको छायांकन, रामजी लामिछानेको कोरियोग्राफी, मानस राज र भीम वीसीको संगीत, बन्दे प्रसादको सम्पादन, गणेश वुढाथोकीको लेखन, मनोज श्रेष्ठको भीएफएक्स रहेको छ ।

©2025 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com