सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

सबस्त इन्टरटेनमेन्ट,काठमान्डौ – आइतबार राजधानीमा आयोजित मिसेस नेपाल वर्ल्ड २०२५ को पत्रकार सम्मेलनमा, ‘माग्ने बुढा’ अभिनेता केदार घिमिरे ‘माग्ने बुढा’ले आफुले चलचित्र ‘माग्ने राजा’ बाट ६१ लाख रुपैयाँ पारिश्रमिक लिएको छैन भनेर स्पष्टीकरण दिएका छन्।

उनि भन्छन् ‘मैले त्यो रकम लिएको होइन । कति रकम लिएको भन्ने कुरा सार्वजनिकरुपमा भन्न चाहन्न तर, त्यति पैसा लिएको होइन’ उनले प्रेसमिटमा भने, ‘निर्माता मुनाल घिमिरेजीले बोल्न भनेपछि मैले बोलेको हुँ, ‘दाई, किन यत्रो धेरै धेरै बढाउने बढ्ता भनेर भन्दा तिमी चुप लाग न भाई, तिमीलाई थाहा छैन, मैले दुईचारवटा फिल्म पहिला बनाइसक्या छु । हाइप बढाउनुपर्छ है । जे भनेर भएपनि हल्ला गर्नुपर्छ, हाइप बढाउनुपर्छ भनेर उहाँले बढाइ बढाइ भन्ने ।’

‘हाइप हो, केही न केही फण्डा नगरिकन फिल्म चल्दैन’ मुनालले उक्त शोमा बोलेको कुरा उध्दृत गर्दै केदारले पत्रकार सम्मेलनपछि भने ।

©2026 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com