सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

सबस्त इन्टरटेनमेन्ट,काठमान्डौ – पेपरक्लिपको ब्यानरमा निर्माण भएको चलचित्र ‘जनै हराएको मान्छेः सम्बन्धका धागाहरू’ को पोस्टर सार्वजनिक भएको छ । निर्माण टिमले काठमाडौं सहित देशका आठ वटा शहरहरु झापा, धरान, इटहरी, विराटनगर, वीरगञ्ज, बुटवल तथा नेपालगञ्जबाट बाट एक साथ पोस्टर सार्वजनिक गरेको छ ।

‘देशभर एकसाथ पब्लिसिटी गरेको चलचित्रको एक पोस्टरमा विजय बराल,केकी अधिकारी र मिरुना मगर रहेका छन् भने दोश्रो पोस्टरमा केकी अधिकारी मात्र छिन् । दुवै पोस्टरले चलचित्रको कथा अर्थात् सम्बन्धको परिवन्धमा बाँधिएको यथार्थलाई देखाएको छ ।

चलचित्र  ‘जनै हराएको मान्छे–सम्बन्धका धागाहरू’ लाई हिमाल न्यौपानेले निर्देशन गरेका छन् । चलचित्र भदौ ६ गते देखि प्रद्रशनमा आउदै छ ।

चलचित्रमा विजय बराल, केकी अधिकारी, मिरुना मगर, गौरव पहाडी, सुशांक मैनाली, भोलाराज सापकोटा, आरुस भुसाल, रियर राई, भावना खपांगी मगर, रुपेश लामा, सुमन थापालागायतको अभिनय रहेको छ ।

चलचित्रका निर्माता कमल न्यौपाने र विमल न्यौपाने हुन् । कार्यकारी निर्मातामा नारायण तिमिसिना, चुडामणि सिवाकोटी, आरके मानन्धर, सिआर बस्नेत, फिलिप डिसी र जेम्स महाराजन रहेका छन् । थानेश्वर गौतम, अर्जुन पोखरेल, एसडी योगी र प्रसान्त सिवाकोटीको संगीत रहेको चलचित्रमा नवीन गुरुङ डीओपी र कृष्ण परियारको सिनेमेटोग्राफी रहेको छ ।

चलचित्रको कथा, पटकथा र संवाद भानुभक्त ढकालले लेखेका छन् । दिनेशबहादुर राउत मुख्य सहायक निर्देशक रहेको फिल्ममा तर्कराज न्यौपाने, रविन्द्र नेपाल, मोनिका थापा र आकाश केसी सहायक निर्देशक रहेका छन् । चलचित्रका निर्माण नियन्त्रक लक्ष्मणराज पौडेल हुन् । गोविन्द शाहीको काफिया फिल्म्सले चलचित्रको वितरणको जिम्मा लिएको छ ।

©2025 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com