सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

सबस्त इन्टरटेनमेन्ट,काठमान्डौ – चर्चित नेपाली गायिका एलिना चौहानले तीजको अवसर पारेर नयाँ गीत सार्वजनिक गरेकी छन् । गीतको शीर्षक “एक दिन त पछुताउँछ” रहेको छ ।

गीतमा गायिका एलिना चौहानलाई लोकप्रिय गायक खुमन अधिकारीले स्वरमा साथ दिएका छन् । गीतको शब्द गायत्री थापाले लेखेकी हुन् भने लय खुमन अधिकारीकै रहेको छ ।

म्युजिक भिडियोमा खुमन अधिकारी, स्मारिका ढकाल, गायत्री थापा र विन थापाले अभिनय गरेका छन् । भिडियोलाई जीवन कुमार ज्ञवालीले निर्देशन तथा कोरियोग्राफी गरेका छन् । दुर्गा पौडेलको छायांकन र नविन घर्तिमगरको सम्पादन रहेको भिडियोले गीतको भावनालाई प्रभावशाली ढंगले दर्शाएको छ ।

©2025 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com