सबस्त इन्टरटेनमेन्ट,काठमान्डौ – अन्तरजातिय प्रेमकथामा निर्माण हुने चलचित्र ‘जदौ’को प्रमुख एक अभिनेतामा प्रभातपाल ठकुरी अनुबन्धित भएका छन् । पछिल्लो समयका ब्यस्त तथा चर्चित मोडल, अभिनेता प्रभातपाललाई ‘जदौ’ मा अभिनेत्री नीति शाहको जोडीका रुपमा देख्न पाइने छ । निर्देशक सार्वजनीक नगरिएको चलचित्रको लेखक तथा निर्माण परिकल्पनाकार काजी लिम्बू हुन् ।
कलाकारको लाइनअप बलियो देखिएको ‘जदौ’ मा प्रभापपल अघिनै मुकुन भुसाल, नीति शाह, ऋचा शर्मा र बिनोद न्यौपाने अनुबन्धित् भइसकेका छन् । सिनीयर कलाकारहरुसँग स्क्रिन शेयर गर्न पाउदा आफू निकै पुलकित भएको र यसका लागि बिशेष तयारीमा जुटिसकेको प्रभातपालले बताएका छन् ।
सिल्भर स्क्रिन इन्टरटेन्मेन्ट र समिश्रण मुभिज एण्ड इन्टरटेन्मेन्टको संयुक्त निर्माण रहने चलचित्रको सहनिर्मातामा रामराजा सुवेदी, ओम चेम्जोङ, सुमीत्रा देवकोटा र नारायण शास्त्री छन् । बुद्धि माझीको निर्माण ब्यबस्थापन रहेको चलचित्रको छायांकन भदौ पहिलो साताबाट सुरु हुने जानकारी सिल्भर स्क्रिनकी प्रबन्ध निर्देशक बिमला भण्डारीले दिएकी छिन् ।
बाबुल गिरीको संगीत अनि श्याम तामाङको छायांकन रहने चलचित्र दाङ तथा प्युठानका बिभिन्न स्थानमा खिचिनेछ । केही दिनमै प्रेसमिटमार्फत चलचित्रबारे बिस्तृत जानकारी दिने तयारी निर्माण टिमले गरेको छ ।
प्रतिक्रिया