सबस्त इन्टरटेनमेन्ट,काठमान्डौ – असार २५ गते देखि काठमाडौंको थापागाउँस्थित मण्डला नाटकघरमा नाटक ‘चन्द्रलाई कस्ले मार्यो ?’ मञ्चन भैरहेको छ।
भावना उप्रेती, सीतादेवी तिमल्सेना, मिलन कार्की, मौसम खड्का, तेन्जु योञ्जन, पृतिशा अधिकारी र किरण चापागाईँको अभिनय रहने नाटकको परिकल्पनाकार, लेखक तथा निर्देशक सन्दीप श्रेष्ठ रहेका छन् । नाटकमा निर्देशक श्रेष्ठको पनि अभिनय देख्न सकिन्छ ।
नाटकमा प्रयोग गरिने गीत, निर्देशक श्रेष्ठ र किरण चापागाईँले लेखेका छन् । गीतमा मनिष विश्वकर्मा र बिजन बस्नेतको रहेका छन् ।
नाटक सोमबारबाहेक साताको प्रत्येक दिन साँझ ५ः३० बजे र शनिबार दिउँसो १ः३० बजे अतिरिक्त सो पनि हुनेछ ।
प्रतिक्रिया