सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

सबस्त इन्टरटेनमेन्ट,काठमान्डौ – नेपालमा ट्रान्सजेन्डर समुदायको कथालाई पर्दामा उतार्ने प्रयास स्वरूप अभिनेता नाजिर हुसेनले पारालैंगिक महिलाको भूमिकामा अभिनय गरेको चलचित्र ‘गुन्यो चोलो’ आगामी भदौ १३ गतेदेखि प्रदर्शनमा आउने भएको छ। मङ्गलवार काठमाडौंमा आयोजित एक कार्यक्रममा फिल्मको पहिलो गीत ‘म फूल हुँ कि काँडा’ सार्वजनिक गर्दै प्रदर्शन मिति घोषणा गरिएको हो।

कमल राईको कोरियोग्राफी रहेको यो गीतको भिडियोमा नाजिरसँगै सुशील सिटौला, उत्तम केसी, स्व. सानु ताम्राकार, शिशिर राणा लगायतका कलाकारहरूले अभिनय गरेका छन्। लेखु सहयात्रीको सङ्गीत तथा शब्द रचना रहेको गीतमा मनीषा पोखरेलको स्वर सुन्न सकिन्छ।

समुन्द्र भट्ट निर्देशित यस चलचित्रमा नाजिरकी आमाको भूमिकामा सञ्चिता लुइँटेल र दिदीको भूमिकामा पत्रकार निशा बजगाईँको अभिनय रहेको छ। उनीहरूसँगै विशाल पहारी र अनुपम श्रेष्ठ लगायतका कलाकारहरूको पनि अभिनय देख्न सकिनेछ। आलोक शुक्लाले छायाङ्कन गरेको यस चलचित्रको पटकथा निर्देशक भट्ट र अभिनेता हुसेनले संयुक्त रूपमा तयार पारेका हुन्।

©2026 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com