सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

सबस्त इन्टरटेनमेन्ट,काठमान्डौ – नरदेवी फिल्मसको प्रस्तुति रहेको चलचित्र ‘कोशेढुंगा’ को गीत ‘नत्र भने जिन्दगी ब्यर्थ छ ‘ एक कार्यक्रम बीच सार्वजनिक गरिएको छ । ‘पुर्ण बहादुरको सारंगी ‘को अपार सफलता पछी लेखक, निर्देशक सरोज पौडेलको चलचित्र ‘कोशेढुङ्गा’ अर्को निर्देशकीय चलचित्र हो ।

समिक्ष्या अधिकारी ,खेम सेन्चुरी र दीपिका बयाँबू मगरको स्वर रहेको गीतमा नेत्र अर्यालको शब्द र खेम सेंचुरिको संगीत रहेको छ ।

स्मृती तिमिल्सिनाले नृत्य निर्देशन गरेको गीतमा सुरक्षा पन्त, ऋचा शर्मा ,नीति शाह,स्नेहा जोशी,मन्जील कुमार,दिनेश काफ्ले आदि कलाकारहरुलाई फिचर्ड गरिएको छ । प्रस्तुत गीतमा अभिनेत्रीहरु सुरक्षा पन्त, ऋचा शर्मा ,नीति शाह,स्नेहा जोशीले आफुहरुलाई जोशका साथ् प्रस्तुत गरेका छन् ।

चलचित्रमा कलाकारहरु सुरक्षा पन्त, ऋचा शर्मा ,नीति शाह आर्यन सिग्देल, सरोज खनाल, विशाल पहाडी, शेखर चापागाईं, सिरु विष्ट, उद्वव सापकोटा, सन्ध्या राना, सविता रेग्मी, सविन कट्टेल, विकास खनाल,स्नेहा जोशी,मन्जील कुमार,दिनेश काफ्ले आदिको अभिनय रहेको छ ।

नारी प्रधान कथाबस्तुमा बनेको चलचित्रमाअभिनेत्री सुरक्षा पन्त मुख्य भूमिकामा रहेकी छिन् । चलचित्रमा प्रेविल कँडेल र किशोर अनुरागको निर्माताको रुपमा रहेका छन् भने दिनेश खड्का कार्यकारी निर्माता हुन् ।

चलचित्रमा नहकुल खड्काले सम्पादन गरेका चना भने,बाबु श्रेष्ठको छायांकन रहेको साथै रिदम कँडेल र आषिश अविरलको संगीत रहेको छ ।

चलचित्र लाई ७ सीज इन्टरनेशनल र श्री ब्यनकटेस इन्टरटेनमेन्टले देश बिदेशमा यहि आउँदो भदौ १२ गतेबाट प्रद्रशनमा ल्याउदैछ ।

©2025 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com