सबस्त इन्टरटेनमेन्ट,काठमान्डौ – चर्चित हास्य कलाकार केदार घिमिरे (माग्ने बुढा) र अभिनेत्री वर्षा सिवाकोटीको मुख्य भूमिका रहेको चलचित्र ‘माग्ने राजा’को दोश्रो गीत ‘सुतेर उठेको पैसामा’ आज एक कार्यक्रमबिच सार्वजनिक भएको छ ।सार्वजनिक चलचित्रको रमाईलो,सटाराइकिल गीत ‘सुतेर उठेको पैसामा’ मा शब्द / संगीत साथै स्वर बाबुल गिरी र बाल स्वर रोनिश खड्काको रहेको छ ।
गम्भीर बिस्टको कोरियोग्राफी रहेको गीतको सार्वजनिक भिडियोमा केदार घिमिरे संगै विल्सन बिक्रम राई र समुहले रमाइलो प्रस्तुति दिएका छन् । चलचित्र मित्र डी गुरुङले सम्पादन गरेका हुन् भने नरेन्द्र मैनालीले छायांकन गरेको चलचित्रलाई मधुसुदन शर्माले निर्माण गरेका हुन् । सार्वजनिक गीतको अडियो तथा भिडियो उत्कृष्ट बनेकाले दर्शकको मन जित्ने देखिन्छ ।
यस चलचित्रबाट निर्देशक ऋषि लामिछाने ८ वर्षपछि निर्देशनमा कमव्याक गर्दैछन् । निर्देशक लामिछानेले ‘माग्ने राजा’ले अहिले अवस्थामा आफैलाई राजाको रुपमा प्रस्तुत गर्ने युवापुस्ताको कथा देखाउने बताए । चलचित्रका प्रस्तुतकर्ता तथा निर्माता मुनाल घिमिरे पनि ‘इच्छा’ रिलिजको लामो समयपछि निर्माणमा फर्केका छन् । उनी हाल दाङको घोराही उपमहानगरपालिका वडा नम्बर ४ का वडा अध्यक्ष समेत हुन् ।
आरम्भ प्रोडक्सनको ब्यानरमा निर्माण भएको चलचित्रमा केदार र वर्षासहित पुष्कर गुरुङ, शिशिर वाङ्देल, शारदा गिरी र टिकटकर मोडल पवित्रा साकी उर्फ मिस पबीको अभिनय छ । चलचित्रमा अभिनेता आर्यन सिग्देलको पनि विशेष भूमिका रहेको छ । आरआर फिल्मस्ले वितरण गर्ने चलचित्रमा नरेन्द्र मैनालीको छायांकन, सामीप्य राज तिमल्सेनाको कथा, पटकथा तथा संवाद र दीपक शर्मा बाबुल गिरीको संगीत रहेको छ ।
प्रतिक्रिया