सबस्त इन्टरटेनमेन्ट,काठमान्डौ – गायिका भावना आचार्यले झण्डै एक बर्षको अन्तरालपछि तीज गीत सार्वजनिक गरेकी छिन । आफ्नै युट्युव च्यानल भावना आचार्यमार्फत सोमबार दर्शकमाझ ल्याइएको `सोच सोच केटी´ मा भावनालाई गायनमा चर्चित गायक रामचन्द्र काफ्लेले साथ दिएका छ्न ।
यसअघि `बग्ने खोला बगी गो´,`बग्ने खोला-२` `माया बस्ला फेरि´ लगायतका चर्चित गीतकी गायिका भावनाको यो तीज गीतको शब्द र संगीत पनि उनी स्वयमको हो । नितिन चन्दले निर्देशन गरेको भिडियोमा अभिनेत्री शिल्पा पोखरेल,गायिका भावना स्वयम्, राजन अधिकारी,अमृत आचार्य र नवीन किशोर फिचर छन । सुरेन बसेलले कोरियोग्राफी गरेको भिडियो बिनोद बिष्टले खिचेका हुन भने सम्पादन शौखिन तिमिल्सिनाले गरेका छन ।
प्रेम तथा बैबाहिक सम्बन्धको बिषयमा पुरुष-महिला, दुवैलाई सचेत गराउने खालको शब्द र भाव रहेको गीतको भिडियो रमाइलो बनेको छ । गीतले क्रमश दर्शक श्रोताको मन जित्दै गैरहेको छ ।
प्रतिक्रिया