सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

सबस्त इन्टरटेनमेन्ट,काठमान्डौ – निर्देशक चन्द्र पन्तको निर्देशनमा निर्माण हुन लागेको नयाँ नेपाली चलचित्र ‘आ बाट आमा’ मा अभिनेत्री सिमरन पन्त अनुबन्धित भएकी छन्। निर्माण टिमले उनलाई सोमबार अनुबन्ध गरेको हो। यस चलचित्रमा उनी अभिनेता पल शाहसँग जोडी बाँधिनेछिन्।

सिमरनले यसअघि चलचित्र ‘होस्टेल ३’ मा अभिनय गरेकी थिइन्, जहाँ उनको अभिनयको प्रशंसा गरिएको थियो। ‘आ बाट आमा’ उनको दोश्रो फिल्म हो।

यसअघि नै चलचित्रमा अभिनेत्री विपना थापा, साथै तेलुगु, हिन्दी र तमिल चलचित्रका चर्चित अभिनेता प्रदीप रावत अनुबन्ध भइसकेका छन्। अभिनेता रावत यसअघि चन्द्र पन्तकै निर्देशनमा बनेको चलचित्र ‘ह्रस्वदीर्घ’ मा देखिएका थिए, जहाँ उनले अभिनेत्री नीता ढुंगानाका बुबाको भूमिकामा अभिनय गरेका थिए। नयाँचलचित्रमा उनले पल शाहको बुबाको भूमिका निर्वाह गर्नेछन्।

चलचित्रका निर्देशक चन्द्र पन्तले यसअघि ‘माई’ र ‘ह्रस्वदीर्घ’ निर्देशन गरिसकेका छन्। ‘ह्रस्वदीर्घ’ मार्फत विपना थापाले १६ वर्षपछि नेपाली रजतपटमा पुनरागमन गरेकी थिइन्। अब उनी पुनः पन्तकै निर्देशनमा काम गर्न लागेकी हुन्।

आर्या इन्टरटेन्टमेन्टको प्रस्तुतिमा निर्माण हुन लागेको चलचित्रआउँदो भदौबाट छायांकनमा जाने तयारीमा छ। निर्माता पक्षले प्रदीप रावत, विपना, पलका साथै अन्य कलाकार र प्राविधिक टिम पनि छिट्टै टुंगो लगाउने जनाएको छ।

चलचित्रको थिम पोस्टर एक महिना अघि सार्वजनिक भइसकेको छ भने निर्देशक पन्तका अनुसार चलचित्र आगामी फागुन १५ गतेबाट प्रदर्शनमा आउने तय भइसकेको छ।

©2025 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com