सबस्त इन्टरटेनमेन्ट,काठमान्डौ – अनमोल केसी, आँचल शर्मा, जस्सीता गुरुङ लगायतको अभिनय रहेको चलचित्र ‘जेरी अन टप’को बिहीवार तिन फर्स्ट लुक पोस्टर सार्वजनिक भएको छ। चलचित्र तिहारको अवसर पारेर आगामी असोज ३१ गते प्रदर्शनमा आउने भएको छ ।
मल्टि-स्टारर चलचित्र भएकोले यो फिल्म हेर्न धेरै दर्शकहरु प्रतीक्षारत देखिन्छन। चलचित्रको सार्वजनिक पोस्टरमा चलचित्रका तीन प्रमुख कलाकार अभिनेता अनमोल केसीसँग अभिनेत्रीद्वय आँचल शर्मा र जस्सीता गुरुङ फिचर्ड छन् । जहाँ अनमोल र जसिता हिमाल आरोहीको अवतारमा प्रस्तुत छन् भने अर्को पोस्टरमा अनमोल दुबै अभिनेत्रीसँग रोमान्टिक अवतारमा देखिन्छन् ।
सुयोग गुरुङको निर्देशनमा तयार यो फिल्ममा अनमोल, आँचल र जसितासँगै चर्चीत हाँस्य अभिनेता केदार घिमिरे ‘माग्ने बुढा’ अभिनेता भुवन केसी, अभिनेत्री सुरक्षा पन्त र उषा खड्की पनि प्रमुख अभिनयमा छन् । अनमोल पिता अभिनेता भुवन केसीले ‘जेरी अन टप’ मा पनि अनमोलको बुवाकै भूमिका निर्वाह गरेका छन् । चलचित्रको निर्माता सरोज न्यौपाने हुन् ।
प्रतिक्रिया