सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

सबस्त इन्टरटेनमेन्ट,काठमान्डौ – अभिनेता सौगात मल्ल नयाँ नेपाली चलचित्र ‘मितज्यू’मा अनुबन्धित भएका छन्। निर्माण पक्षसँग बिहीबार उनको लिखित सम्झौता सम्पन्न भएको हो। ‘घरज्वाइँ’ र ‘आग्रे’जस्ता वृत्तचित्र निर्देशन गरेका अनिल बुढाले निर्देशन गर्न लागेको ‘मितज्यू’ उनको दोस्रो कथानक चलचित्र निर्देशन हुनेछ।

यसअघि नै दयाहाङ राई, तेरिया मगर र स्मिता लामिछाने जस्ता कलाकारहरू चलचित्रमा अनुबन्धित भइसकेका छन् भने अन्य कलाकारहरूको छनोट प्रक्रिया जारी रहेको निर्माण टिमले जानकारी दिएको छ।

‘गाउँ आएको बाटो’ चलचित्रका लेखक महेश राईले ‘मितज्यू’को पटकथा लेखेका हुन्। चलचित्रको निर्माण जनक घर्तीमगरले गर्दै छन्, जसले यसअघि ‘घरज्वाइँ’ चलचित्र पनि निर्माण गरेका थिए।

 

©2026 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com