सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

सबस्त इन्टरटेनमेन्ट,काठमान्डौ – हरितालिका तीजको लय नजिकिँदै गर्दा नेपाली सांगीतिक बजार फेरि तीजमय बन्न थालेको छ। यसै सन्दर्भमा, लोकदोहोरीका चर्चित गायक विशाल रायमाझीले आफ्नो नयाँ तीज गीत “नक्कले भिनाजु ८” सार्वजनिक गरेका छन्, जसले बजारमा निकै उत्साहजनक चर्चा पाउन थालेको छ।

नेपाली लोकदोहोरी क्षेत्रमा मौलिकता, हास्यव्यङ्ग्य र जनजीवनको कथा बोकेर गीत गाउने परम्परालाई निरन्तरता दिइरहेका गायक रायमाझीको यो गीत पनि सामाजिक सन्देशसहित मनोरञ्जनले भरिएको छ। “नक्कले भिनाजु” शृङ्खलाको यो आठौँ भाग हो, जसले अघिल्ला भागहरूजस्तै दर्शक–श्रोतालाई हँसाउने र नचाउने दुबै काम गर्न सफल हुने अपेक्षा गरिएको छ।

गीतमा विशाल रायमाझी, हरिमाया रायमाझी, र शर्मिला रायमाझीको सशक्त स्वर सुन्न सकिन्छ। शब्द र लय स्वयं विशाल रायमाझीले तयार गरेका हुन् भने संगीत संयोजन सुनिल परियारले गरेका छन्।

गीतको भिडियोमा एलिना रायमाझी, विशाल रायमाझी, र अभिषेक खड्काको आकर्षक अभिनय देख्न सकिन्छ। रमाइलो संवाद, ग्रामीण परिवेश, मौलिक भेषभूषा र रंगीन दृश्यले सजिएको भिडियोले पारिवारिक र सांस्कृतिक स्वादलाई जीवन्त बनाएको छ।

विशाल रायमाझी युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको “नक्कले भिनाजु ८” यतिबेला दर्शकमाझ छिट्टै लोकप्रिय बन्दै गएको छ। यसअघि चर्चामा रहेका रायमाझीका गीतहरू — साई पनि काले माई पनि काले, सिक्री घाटीमा २, नक्कले भिनाजु ७ कालो चस्मा, साढिको पल्लु, बैमानीको मायाले — ले दर्शकको मन जितिसकेका छन्।

विशाल रायमाझी भन्छन्ः

“तीजको अवसरमा हामीले सधैं मौलिकता बोकेको गीत ल्याउने प्रयास गर्छौं। फ्यानहरुको साथ र मायाले नै वर्षेनि यस्तो गीत बनाउने हिम्मत मिल्छ।”

यस तीजमा केही फरक, रमाइलो र मौलिक स्वाद खोज्दै हुनुहुन्छ भने “नक्कले भिनाजु ८” तपाईंका लागि उपयुक्त रोजाइ हुन सक्छ।

©2025 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com