सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

सबस्त इन्टरटेनमेन्ट,काठमान्डौ – अभिनेत्री तथा निर्मात्री नीता ढुङ्गाना अधिकारीको निर्देशनमा बन्न लागेको चलचित्र ‘सुख दुःख’मा मदनकृष्ण श्रेष्ठ अनुबन्ध भएका छन्। उनलाई शुक्रबार निर्माण पक्षले चलचित्रको महत्वपुर्ण भुमिकाको लागि अनुबन्ध गरेको हो।

चलचित्रमा अनुबन्ध भएपछि कलाकार श्रेष्ठले आफुलाई चलचित्रको कथा मन परेको कारण अभिनय गर्न राजी भएको बताए। मदनकृष्णलाई चलचित्रमा अनुबन्ध गरेपछि निर्देशक नीता निकै उत्साहित देखिइन्।

उनले भनिन्,चलचित्रको स्क्रिप्ट सुनाउँदा उहाँ भावुक हुनुभयो। स्क्रिप्टलाई उहाँले मन पराएपछि अभिनय गर्नका लागि उत्साहित देखिनुभयो।’
गत आइतबार निर्माण पक्षले कलाकार मिथिला शर्मालाई अनुबन्ध गरेको थियो। मदन र मिथिला बाहेक चलचित्रको मुख्य कलाकार को रहने हुन् निर्माण पक्षले खुलाएको छैन।

यसअघि  चलचित्रको छायांकनका लागि चर्चित भारतीय छायाँकार कवीरलाल र शाहिदलाल अनुबन्धित भइसकेका छन्। नीता ढुंगानाको डेब्यु निर्देशन रहने चलचित्रमा फिल्मको निर्माण व्यवस्थापनको जिम्मा शंकर पाण्डेले पाएका छन् ।

‘नीता फिल्म्स’को ब्यानरमा बन्न लागेको चलचित्र आगामी वर्ष दसैंको फूलपातीका अवसरमा प्रदर्शनमा ल्याउने योजना निर्माण पक्षको छ। चलचित्रको वितरण अधिकार उपत्यकाबाहिर एफडी कम्पनीले लिएको छ भने उपत्यकाभित्र रिच इन्टरटेनमेन्टले पाएको छ।

©2025 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com