सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

सबस्त इन्टरटेनमेन्ट,काठमान्डौ – समानुभूति र सामाजिक उत्तरदायित्वको उदाहरण प्रस्तुत गर्दै, चर्चित हास्य कलाकार केदारप्रसाद घिमिरे ’माग्ने बुढा’ ले गम्भीर स्वास्थ्य समस्याबाट जुधिरहेकी एमस नेपाल इन्टरनेशनल २०२३ की विजेता सीता सुवेदीलाई ५१ हजार रुपियाँ आर्थिक सहयोग गरेका छन्।

घिमिरेले सीता हाल उपचाररत रहेको सुद्धिग्राम आयुर्वेदिक अस्पतालमा पुगी, उनीसँग प्रत्यक्ष भेट गरेर सहयोग रकम प्रदान गरेका हुन्। यस अवसरमा एमस नेपाल इन्टरनेशनल प्रतियोगिताका आयोजक निशुकान्त झा पनि सहभागी थिए।

‘उहाँजस्तो सक्षम, सकारात्मक र सक्रिय व्यक्तित्व कठिन परिस्थितिमा रहनु पीडादायक कुरा हो। मेरो यो सहयोग सानो भए पनि प्रेरणा र हौसला बन्न सकोस्’ घिमिरेको भनाई थियो। उनले यस संकटको घडीमा अन्य व्यक्तिलाई पनि सहयोगमा जुट्न आग्रह गरे। एमस नेपाल इन्टरनेशनलका तर्फबाट आयोजक झाले कलाकार घिमिरेद्वारा प्रदान गरिएको आत्मीय सहयोग सद्भावना र प्रेरणादायी रहेको बताए। हास्य कलकार घिमिरेले केही अघि ललितपुरमा आयोजित नयाँ संस्करणको मिसेस नेपाल आयोजनाको घोषणाका क्रममा क्रममा एमस नेपाल इन्टरनेशनल सुवेदीलाई ५० हजार रुपियाँ सहयोग गर्ने घोषणा गरेका थिए।

विगत केही समयदेखि फोक्सोको क्यान्सरको उपचारमा रहेकी सीताले २०२३ मा एमस नेपाल इन्टरनेशनलको ताज जितेकी थिइन्। सामाजिक क्षेत्रमा पनि क्रियाशील रहँदै आएकी सीता हाल विश्रामका साथै औषधोपचारमा रहेकी छन्।

©2025 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com