सबस्त इन्टरटेनमेन्ट,काठमान्डौ – नरदेवी फिल्मसको प्रस्तुति रहेको चलचित्र ‘कोशेढुंगा’ को नयाँ गीत ‘भंगेरा भगेरी’ सार्वजनिक गरिएको छ । ‘पुर्ण बहादुरको सारंगी ‘को अपार सफलता पछी लेखक, निर्देशक सरोज पौडेलको चलचित्र ‘कोशेढुङ्गा’ अर्को निर्देशकीय चलचित्र हो ।
प्रेममा रहेका युवायुवतीले एकले अर्कालाई सँगै जीवन बिताउन आग्रह गर्दै सुखी जीवन यापनका लागि आम्दानीको स्रोत के हो भन्ने प्रश्न समेत गरेको छ । जिन्दगी बिताउन पैसा पनि चाहिन्छ भन्ने गीतले प्रेमसँगै जोडिएर आउने भविष्यको समस्यालाई पनि दर्शाउने प्रयास गरेको छ ।
प्रेमिप्रेमिकाले एकअर्कालाई जिस्काउँदै सरकारी जागिर रहेको भन्दै लोभ्याउनेदेखि कति तलब छ भनेर सोधेको प्रसंगसमेत गीतमा छ । भंगेरा र भंगेरीको मायालाई बिम्ब बनाएर तयार गरिएकोे गीतमा बैंश साट्ने मायालु जोडीको कथा छ ।
गीतमा स्वर रिदम कँडेल र बेनिशा पौडेलको छ भने संगीत रिदम कँडेलको छ । शब्दरचना बिदुर तिमल्सिना (देवदूत)को छ । गीतको भिडियोमा सुरक्षा पन्त र मन्जिल कुमारको नृत्य छ । यसअघि, सार्वजनिक भएको ‘नत्र भने जिन्दगी व्यर्थ छ’ अहिले टिकटकमा हिट छ ।
चलचित्रमा कलाकारहरु सुरक्षा पन्त, ऋचा शर्मा ,नीति शाह आर्यन सिग्देल, सरोज खनाल, विशाल पहाडी, शेखर चापागाईं, सिरु विष्ट, उद्वव सापकोटा, सन्ध्या राना, सविता रेग्मी, सविन कट्टेल, विकास खनाल,स्नेहा जोशी,मन्जील कुमार,दिनेश काफ्ले आदिको अभिनय रहेको छ । नारी प्रधान कथाबस्तुमा बनेको चलचित्रमा अभिनेत्री सुरक्षा पन्त मुख्य भूमिकामा रहेकी छिन् । चलचित्रमा प्रेविल कँडेल र किशोर अनुरागको निर्माताको रुपमा रहेका छन् भने दिनेश खड्का कार्यकारी निर्माता हुन् ।
चलचित्रमा नहकुल खड्काले सम्पादन गरेका चना भने,बाबु श्रेष्ठको छायांकन रहेको साथै रिदम कँडेल र आषिश अविरलको संगीत रहेको छ । चलचित्र लाई ७ सीज इन्टरनेशनल र श्री ब्यनकटेस इन्टरटेनमेन्टले देश बिदेशमा यहि आउँदो भदौ १२ गतेबाट प्रद्रशनमा ल्याउदैछ ।
प्रतिक्रिया