सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

सबस्त इन्टरटेनमेन्ट,काठमान्डौ – फिल्म मेकर्स प्रा.लिको व्यानरमा निर्माण भएको चलचित्र ‘मोहर’को बूकिङ देशभरका मुख्य मल्टिप्लेक्सहरुले खुलाएका छन् । केही हलले मंगलबार नै बूकिङ खुलाएका हुन् भने केही हलहरुले आजबाट बूकिङ खुलाएका छन् । चलचित्रलाई एलाइट सिनेमा, इटहरीमा ४ शोज, बीग मुभिजमा २ शोज, क्यूएफएक्स छायाँमा २ शोज, आई एन आई सिनेमाज् लोत्सेमा ३ शोज, आइएनआई सिनेमाज् बानेश्वरमा ३ शोज, वान सिनेमाज् नयाँ बानेश्वरमा ४ शोज, वान सिनेमाज् कालिमाटीमा २ शोज मिलेको छ ।

चलचित्रलाई एफक्यूब हलमा ३ शोज, क्यूएफएक्स राइजिङ मलमा १ शोज, बीएसआर मुभिज, गोङ्गबुमा ३ शोज, क्यूएफएक्स भक्तपुरमा २ शोज, क्यूएफएक्स ट्रेड मल पोखरामा ३ शोज, क्यूएफएक्स जलमाले २ शोज, क्यूएफएक्स सिजी मल चितवनमा २ शोज, कावासोती सिनेमाजमा ३ शोज, म्याङ्गो जन ज्योती पर्सामा २ शो, क्यूएफएक्स बुटवलमा २ शोज, क्यूएफएक्स एपेक्स मल दमौलीमा २ शोज, क्यूएफएक्स विराटनगरमा एक शो, क्यूएफएक्स विर्तामोडमा २ शोज, पाथीभरा सिने प्लाजा विर्तामोडमा २ शोज, एसटीसी सिनेमामा २ शोज, सीडीसी सिनेमाज सुनधारामा ४ शोज मिलेको छ ।

चलचित्रलाई क्यूएफएक्स लाबिम मलमा २ शोज, क्यूएफएक्स सिभिल मलमा ३ शोज, क्यूएफएक्स दरबारमा १ शोज, क्यूएफएक्स सिटी स्वायरमा ३ शोज, क्यूएफएक्स बागेश्वरीमा २ शोज मिलेको छ । अझै थुप्रै मल्टिप्लेक्सले शोज खुलाउन बाँकी नै रहेकाले चलचित्रले सुखद शोज पाउने देखिएको छ ।

ओम प्रतिकको लेखन तथा निर्देशनमा तयार भएको चलचित्रमा पल शाह, नीति शाह, बेनिशा हमाल, अर्जुन जंग शाही, लक्ष्मी गिरी, सारा शर्मा लगायतका कलाकारहरूको अभिनय छ । चलचित्र ‘मोहर’को गीतसंगीत र ट्रेलरले दर्शकको उच्च साथ पाइसकेका कारण पनि बक्स अफिसमा सुखद ओपनिङ गर्ने अपेक्षा गरिएको छ । चलचित्रले देउकी प्रथाको कथा भन्छ । चलचित्रका निर्माता चुम्बन जंग शाही हुन् ।

©2025 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com