सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

सबस्त इन्टरटेनमेन्ट,काठमान्डौ –`जदौ´ चलचित्रमा नव अभिनेत्री राजश्री थापा अनुबन्धीत भएकी छिन । मोडलिङ तथा स्टाइलिस्टका रुपमा सकृय राजश्रीले गायक सुशान्त केसीको एउटा गीतमा अभिनय गरेकी छिन । राजश्रीको `इन्ट्री´ संगै `जदौ´ को कलाकारको लाइनअप पूरा भएको निर्माण पक्षले जनाएको छ ।

काजी लिम्बू र अन्जन शर्माको संयुक्त निर्देशनमा बन्ने चलचित्रमा मुकुन भुसाल, ऋचा शर्मा,नीति शाह,प्रभातपाल ठकुरी,बिनोद न्यौपाने,गीता अधिकारी,शारदा गिरी,सन्ध्या श्रेष्ठ,अनिल सुब्बा लगायतका कलाकारले अभिनय गर्दैछ्न । अन्तरजातीय प्रेमसम्बन्ध र सामाजीक कुरिती बिरुद्दको आवाज बुलन्द गर्ने बिषयको चलचित्र दाङ र प्युठानका विभिन्न स्थानमा खिचिने छ ।


सिल्भर स्क्रिन इन्टरटेन्मेन्ट र समिश्रण मुभिज एण्ड इन्टरटेन्मेन्टको संयुक्त निर्माण रहने चलचित्रको सहनिर्मातामा रामराजा सुवेदी,सुमीत्रा देवकोटा,गोकुल केसी र नारायण शास्त्री छन् । बुद्धि माझीको निर्माण ब्यबस्थापन रहेको चलचित्रको छायांकन श्याम तामाङले गर्नेछ्न ।

काजी लिम्बूको लेखन रहेको चलचित्रका गीतमा अर्जुन पोखरेल र बाबुल गिरीको संगीत अनि मिलन श्रेष्ठको द्वन्द्व निर्देशन रहने छ । चलचित्रको सुटिङ भदौ पहिलो साताबाट सुरु हुने जानकारी सिल्भर स्क्रिनकी प्रबन्ध निर्देशक बिमला भण्डारीले दिएकी छिन् ।

©2025 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com