सबस्त इन्टरटेनमेन्ट,काठमान्डौ – आज साउन २३ गते आज शुक्रबारबारबाट दुई नेपाली चलचित्र ‘सिटामोल’ र ‘मोहर’ प्रदर्शनमा आएका छन् । फरक जनराका यी दुवै चलचित्रले मल्टीप्लेक्सदेखि सिंगल स्क्रिनसम्म राम्रो शो पाएका छन् । दुवै चलचित्रको बिहानी अकुपेन्सी सुखद देखिएको छ ।
राज बहादुर सानेको निर्देशनमा निर्माण भएकोचलचित्रले कर्णालीको कथा उठान गरेको छ । जसका यसअघि सार्वजनिक प्रचार सामाग्रीले दर्शकमाझ राम्रो प्रतिक्रिया पाएका थिए । यसको प्रभाव शुक्रबार बक्सअफिसमा देखिने विश्वास निर्माण टिमको छ । जुन अग्रीम टिकट बुकिङ र शुक्रबारका बिहानी शोमा देखिएको हो ।
चलचित्रमा सौगात मल्ल, बेनिशा हमाल, श्री कृष्ण निरौला, जानुका विश्वकर्मा, लोकेन्द्र लेखक, भुगोल कार्की, हिउँवाला गौतम, सुशील पोखरेल, दिनेश रेग्मी, आरआर खड्का, ज्ञानु मल्ल, पवन भट्टराई, काजल भुजेल र बालकलाकार करण नेपाली, आराध्या राज्यलक्ष्मी डिसीको अभिनय छ । श्री कृष्ण र जानुकाले यही सिनेमाबाट नेपाली रजतपटमा डेव्यु गरेका हुन् ।
तुल्सी देवी फिल्म प्रालीले जुनतारा फिल्मस्को सहकार्यमा निर्माण भएको चलचित्रको कथा प्रदीप भारद्धाज र निर्देशक सानेले लेखेका हुन् । सिमोस सुनुवारको प्रस्तुती रहेको चलचित्रमा भुगोल कुमार कार्की र विकाश राज जोशी निर्माता तथा अप्सरा नेपाली, अजय मल्ल र कुमार केसी कार्यकारी निर्माता अनि गंगाराम श्रेष्ठ सह-निर्मातामा छन् ।
अब अर्को चलचित्र ‘मोहर’मा पल शाह, नीति शाह, बेनिशा हमाल, अर्जुन जंग शाही, लक्ष्मी गिरी, सारा शर्मा लगायतका कलाकारहरुको अभिनय रहेको छ । चलचित्र ‘मोहर’को गीतसंगीत र ट्रेलरले दर्शकको राम्रो साथ पाइसकेका कारण पनि बक्स अफिसमा सुखद ओपनिङ गरेको छ । चलचित्रले देउकी प्रथाको कथा दर्शकमाझ प्रस्तुत गरेको छ ।
फिल्म मेकर्स प्रालिको व्यानरमा चुम्बन जंग शाहीले निर्माण गरेको चलचित्र ‘मोहर’मा ओम प्रतिकको लेखन तथा निर्देशन रहेको छ ।
प्रतिक्रिया