सबस्त इन्टरटेनमेन्ट,काठमान्डौ – आगामी भदौ १२ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्र ‘कोशेढुङ्गा’को नयाँ पोस्टर सार्वजनिक भएको छ। पोस्टरमा आर्यन सिग्देल र नीति शाहलाई देख्न सकिन्छ।
सरोज पौडेलको निर्देशन रहेको चलचित्र नरदेवी फिल्मसको प्रस्तुति र सारङ्गी फिल्मस्को सहकार्यमा बनेको हो । चलचित्रमा सुरक्षा पन्त, आर्यन सिग्देल, ऋचा शर्मा, मन्जिल कुमार, नीति शाह, प्रवीण खतिवडा, सरोज खनाल, विशाल पहाडी, हिउवाला गौतम, दिनेश काफ्ले, लोकमणि सापकोटा लगायतको अभिनय छ ।
प्रेविल कँडेल र किशोर अनुराग निर्माता रहेको चलचित्रको कार्यकारी निर्माता दिनेश खड्का हुन् । बाबु श्रेष्ठले छायाङ्कन गरेको चलचित्रमा नहकुल खड्काको सम्पादन, आशिष अविरल र रिदम कँडेलको सङ्गीत छ ।
चलचित्र ‘कोशेढुंगा’लाई प्याट्रिक सुवेदी र रमेश ढकालको सेभेन सिज इन्टरनेसनलले अन्तर्राष्ट्रिय बजारमा वितरण गर्दैछ ।
प्रतिक्रिया