सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

सबस्त इन्टरटेनमेन्ट,काठमान्डौ – लोकप्रिय गायिका मेलिना राईको स्वरमा नयाँ गीत ‘छड्के तिलहरी’ सनराइज म्युजिक युट्युबमार्फत सार्वजनिक गरिएको छ। गीतको शब्द सुधा मरहट्टाले लेखेका हुन् भने संगीत तथा एरेञ्ज किरण कंडेलको रहेको छ। गीतको निर्माणमा अनुराग परिहारको विशेष योगदान रहेको छ।

भिडियोमा अस्मिता रन्पाल, बिपना शर्मा, तुलराम परियार, दिनेश मुस्कान र विमला श्रेष्ठको अभिनय देख्न सकिन्छ। दिनेश मुस्कानको निर्देशनमा तयार भएको भिडियोको छायांकन प्रकाश खड्काले गरेका हुन्। सम्पादन र कलर मिलन विश्वकर्माले गरेका छन्।

गीतले परम्परागत नेपाली आभूषण ‘छड्के तिलहरी’लाई सांस्कृतिक र भावनात्मक कथामा बाँधेर प्रस्तुत गरेको छ। लोकधुन र आधुनिक शैलीको संयोजन भएको यस गीतमा प्रेम, गाउँघरको जीवनशैली र संस्कृतिको मिठास दर्शाइएको छ।

‘छड्के तिलहरी’ सार्वजनिक भएको केही घण्टामै दर्शकहरूबाट सकारात्मक प्रतिक्रिया पाइरहेको छ।

©2026 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com