सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

सबस्त इन्टरटेनमेन्ट,काठमान्डौ –  आगामी भदौ १२ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्र ‘कोशेढुङ्गा’ को ट्रेलर सार्वजनिक भएको छ।  चलचित्र निर्माणपक्षले आज एक कार्यक्रम बीच ट्रेलर सार्वजनिक गरेको छ ।

ट्रेलरमा प्रेम पाउन र बचाउन गरेको संघर्षलाई देखाइएको छ । ट्रेलर थ्रिल र सस्पेन्सले भरिपुर्ण बनेको छ । चोखो प्रेमका लागि गरिएको संघर्षसहितको द्वन्द्व ट्रेलरमा समेटिएको छ ।

सरोज पौडेलको निर्देशन रहेको चलचित्र नरदेवी फिल्मसको प्रस्तुति र सारङ्गी फिल्मस्को सहकार्यमा बनेको हो । चलचित्रमा सुरक्षा पन्त, आर्यन सिग्देल, ऋचा शर्मा, मन्जिल कुमार, नीति शाह, प्रवीण खतिवडा, सरोज खनाल, विशाल पहाडी, हिउवाला गौतम, दिनेश काफ्ले, लोकमणि सापकोटा लगायतको अभिनय छ ।

बाबु श्रेष्ठको छायांकन रहेको चलचित्रमा नहकुल खड्काको सम्पादन, आशिष अविरल, खेम सेन्चुरी र रिदम कँडेलको संगीत छ । चलचित्रको कास्टिङ डिरेक्टर सुवलमणि सापकोटा हुन् ।

प्रेविल कँडेल र किशोर अनुराग निर्माता रहेको चलचित्रको कार्यकारी निर्माता दिनेश खड्का हुन् । बाबु श्रेष्ठले छायाङ्कन गरेको चलचित्रमा नहकुल खड्काको सम्पादन, आशिष अविरल र रिदम कँडेलको सङ्गीत छ ।

चलचित्र ‘कोशेढुंगा’लाई प्याट्रिक सुवेदी र रमेश ढकालको सेभेन सिज इन्टरनेसनलले अन्तर्राष्ट्रिय बजारमा वितरण गर्दैछ ।

©2025 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com