सबस्त इन्टरटेनमेन्ट,काठमान्डौ – आउदो असोज ३१ देखि प्रदर्शन तयारीमा रहेको चलचित्र ‘जेरी : अन टप’ को टिजर आज एक कार्यक्रम बीच सार्वजनिक गरिएको छ । सार्वजनिक टिजरले चलचित्रको नाम झैँ आफ्नो चित्रण गरेको छ । चलचित्रको कथावस्तु सगरमाथा आरोहणको समय त्यहाँ हुने घटनाक्रमलाई बिशेष रुपमा देखाईएको छ ।
१ मिनेट ५० सेकेन्डको टिजर हेर्दा रमाइलो लाग्छ । टिजरमा माया ,प्रेम,सम्बन्ध,धोका, संवेदना, ड्रामा र एक्सन दृश्यले भरिपूर्ण रहेको छ ।
टिजरम अनमोल के सी,केदार घिमिरे ‘माग्ने बुढा’,आँचल शर्मा, जसिता गुरुङ, भुवन केसी र उषा खड्गी देखिएका छन् ।
चलचित्र ‘फर्की फर्की ‘ निर्देशक सुयोग गुरुङले यस चलचित्रलाई निर्देशन गरेका छन् ।
अनन्या फिल्म्स प्रडक्सनको प्रस्तुती मा बनेको चलचित्र ‘जेरी : अन टप’ सरोज न्यौपानेको प्रस्तुतिमा रोविन शेरचन, रामकृष्ण श्रेष्ठ र दीपक भण्डारीले चलचित्रमा लगानी गरेका छन् ।
चलचित्रको पटकथा हेमराज बीसीले लेखेका हुन् । द्वन्द निर्देशकहरु सम्राट बस्नेत र राजु तामांग हुन् भने चलचित्रको डि ओ पी दुलीप रेग्मीले गरेका छन् र सम्पादन निमेष श्रेष्ठ ले गरेका छन् ।
प्रतिक्रिया