सबस्त इन्टरटेनमेन्ट,काठमान्डौ – आज ऋषि पञ्चमीको दिनको विशेष साइत पारेर बिहीवार पूजापाठ गर्दै नयाँ नेपाली चलचित्र ‘स्त्री’ को शुभमुहूर्त सम्पन्न गरिएको छ । कमलादीस्थित गणेशस्थान मन्दिरमा मंगलवाबार आयोजना गरिएको विशेष कार्यक्रमबीच चलचित्रको क्यामेरा पूजासहित शुभसाइत गरिएको हो ।
जीवन शाहीको लेखन तथा निर्देशनमा बन्ने चलचित्र यहि भदौ १४ गतेदेखि फ्लोरमा जानेछ । काठमाडौं आसपासका लोकेशनमा चलचित्रको ३५ दिन छायांकन सेड्युल रहेको निर्देशक शाहीले बताए ।
सामाजिक कथामा बन्ने यो चलचित्रमा प्रमोद अग्रहरी, सलोन बस्नेत, रिस्ता बस्नेत र नम्रता श्रेष्ठको प्रमुख भूमिका रहने छ भने दिप्सन चिलवाल तथा दिपेन्द्र चिलावल बाल कलाकारको रुपमा रहेका छन् ।
मेला रेकर्डिङ्ग स्टुडियोको ब्यानरमा समिर राई र डाक्टर सुकदेव विष्ट निर्माता रहेको चलचित्र निर्देशक शाहीकै कथामा आधारित हुनेछ । चलचित्रको पटकथा निर्देशक शाही तथा किशन अर्यालले तयार परेका हुन् ।
चलचित्रमा बाबुल गिरीको संगीत निर्देशन रहेको छ भने देव महर्जनको द्वन्द निर्देशन रहने छ । चलचित्रको प्रोडक्सन मेनेजरमा केवलमान सिंह बस्नेत, प्रोजेक्ट मेनेजरमा सुबास काफ्ले, प्रमुख सह–निर्देशकमा चन्द्र भण्डारी तथा मेकअपमा श्याम बराल रहने छन्।
प्रतिक्रिया