सबस्त इन्टरटेनमेन्ट,काठमान्डौ – असोज ३ गते रिलिज हुने चलचित्र ‘जारी-२, सङ अफ च्याब्रुङ’ले नयाँ गीत रिलिज गरेको छ। चलचित्रको ‘अम्लारी’ बोलको गीत सार्वजनिक भएको हो ।
चलचित्रमा दया, मिरुना तथा विजयका अलावा बुद्धि तामाङ, ऋचा शर्मा, पुष्कर गुरुङ, प्रेम सुब्बा, माओत्से गुरुङ, मानहाङ लावती, विष्णु मोक्तान, कमलमणि नेपाल, अनिल सुब्बा, रेखा लिम्बु, बेदना राई र सिर्जना निङ्लेखुको अभिनय रहेको छ।
उपेन्द्र सुब्बा चलचित्रका लेखक तथा निर्देशक हुन् । चलचित्रलाई रामबाबु गुरुङ, मधु मिजार र जीवन गुरुङले निर्माण गरेका हुन्।
बाँसुरी फिल्म्स र कबड्डी फिल्म्सको ब्यानरमा निर्माण भएको यो चलचित्र यो वर्ष व्यापार गर्ने चलचित्रको श्रेणीमा राखिएको छ।
‘जारी’ चलचित्र २०८० सालको ब्लकबस्टर चलचित्र हो। सो वर्ष चलचित्रले नेपाली बक्स अफिसमा १७ करोड माथिको व्यापार गरेको थियो। त्यसैले निर्माण घोषणा भएदेखि नै यो चलचित्रलाई प्रतिक्षित चलचित्रको सूचीमा राखिएको छ।
चलचित्रले आफ्नो पछिल्लो व्यापारिक इतिहासलाई कायम राख्ने बलियो अपेक्षा राखिएको छ।
प्रतिक्रिया