सबस्त इन्टरटेनमेन्ट,काठमान्डौ – भदौ २० गते भोली शुक्रबारबाट प्रदर्शनमा आउने चलचित्र ‘रिमै’को अग्रीम टिकट बुकिङ खुल्ला गरिएको छ । हिजो बुधबार नै खोलिएको अग्रीम टिकट बुकिङ बिहीबार साँझसम्म देशभरका मल्टीप्लेक्सदेखि सिंगल स्क्रिनसम्मले शो निकालिसकेका छन् ।
चलचित्रको हिजो बुधबार गरिएको प्रिमियरको प्रभाव समेत हलले उपलब्ध गराएको शोमा देखिएको छ । यो चलचित्रले प्रिमियर शोमा उत्कृष्ट प्रतिक्रिया पाएको थियो । अभिनेता दयाहाङ राई र अभिनेत्री रिश्मा गुरुङको मुख्य भूमिका रहेको चलचित्रले देशकै ठुलो मल्टीप्लेक्स चेन क्युएफएक्सले काठमाडौं उपत्यकामा १४ शो र मोफसलमा १८ शो उपलब्ध गराएको छ ।
यता देशकै दोस्रो ठुलो मल्टीप्लेक्स चेन आईएनआई सिनेमाजले आफ्ना पाँच हलमा ५ शो, वान सिनेमाजले ७ शो, बिग मुभिजले २ शो, एफक्युब सिनेमाजले ३ शो, बिएसआर मुभिजले २ शो, रञ्जना सिनेप्लेक्सले ५ शो, सिके सिनेमाजले २ शो, सिने डी सेफले २ शो उपलब्ध गराएको छन् । यदी हलमा दर्शकको चाप बढ्दै गएको खण्डमा विस्तार शो थपिदै जाने विश्वास निर्माण टिमको छ ।
गोरखा सिरानचोक एण्ड लिगलिगकोट फिल्मस् प्रालीको प्रस्तुती र रोटेपिङ इन्टरटेनमेन्टको सहकार्यमा निर्माण भएको चलचित्रमा दयाहाङ राई, अर्पण थापा, रिश्मा गुरुङ, गौमाया गुरुङ, कविता आले मगर, माओत्से गुरुङ, पुस्कर गुरुङ, वीरमाया गुरुङ, वीरवल घले, डिवी गुरुङ, टेक गुरुङ र बालकलाकार असिम सुब्बा, प्रेस्टु गुरुङ र प्रश्ना राना मगर लगायतको पनि अभिनय रहेको छ ।
कवि तथा निर्देशक उपेन्द्र सुब्बाको पटकथा लेखन रहेको चलचित्रलाई शैलेन्द्र ध्वज कार्कीले खिचेका हुन् । वीरवल घले कार्यकारी निर्माता रहेको चलचित्रमा टिका गुरुङ, जित यात्री गुरुङ र दुन बहादुर घले निर्माता तथा बिनु गुरुङ, रोशन भट्टराई र राजेश घिमिरे सह-निर्मातामा छन् ।
खिल बहादुर गुरुङको निर्देशनमा निर्माण भएको चलचित्रमा दीपक शर्मा र थानेश्वर गौतमको संगीत, किरण चाम्लिङ राई मुख्य सहायक निर्देशक, बिष्णु मैनाली प्रोडक्सन म्यानेजर र मित्र डि गुरुङको सम्पादन रहेको छ । यो चलचित्र आगामी भाद्र २० गतेबाट देशब्यापी प्रदर्शनमा आउँदैछ ।
प्रतिक्रिया