सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

सबस्त इन्टरटेनमेन्ट,काठमान्डौ – दशैंको फूलपातीको अवसर पारेर असोजको १३ गते फूलपातीबाट रिलिजमा आउन लागेको चलचित्र ‘माइतीघर’को ट्रेलर सार्वजनिक गरिएको छ । आज सार्वजनिक गरिएको ट्रेलरमा कमेडी, प्रेम, विछोड, संस्कृतिको कुरा छ । ट्रेलर पावरफूल देखिएको छ । पारिवारिक कथामा चलचित्र बनेको छ ।

मिलन तामाङको निर्देशनमा तयार भएको चलचित्रमा धिरज मगर, उपासना सिंह ठकुरी, श्यामा श्री शेर्पा, केदार प्रसाद घिमिरे, प्रकाश सपुत, वुद्दि तामाङ, शिशिर वाङ्देल, युवराज लामा, रजनी गुरुङ लगायतका कलाकारहरुको अभिनय छ ।

रविन शेरचन र धिरज तामाङको लगानी रहेको चलचित्रमा ईश्वर श्रेष्ठ र निरज कटुवाल कार्यकारी निर्माताको रुपमा छन् ।
रामशरण पाठकको लेखन रहेको चलचित्रमा सुशन प्रजापतिको डीओपी, सुरेन्द्र पौडेलको सम्पादन छ । चलचित्रका सह–सम्पादक अंकित तिवारी हुन् ।

रोहित अधिकारी फिल्मस् प्रा.लिको व्यानरमा निर्माण भएको चलचित्रको ट्रेलरमा कलाकार केदार प्रसाद घिमिरेको कमेडी बलियो देखिएको छ ।

यस्तै, चलचित्रले तामाङ संस्कृतिको कथालाई पनि बलियो रुपमा उठाएको छ । स्वर्गीय जयदेवको संगीत रहेको चलचित्रमा कविराज गहतराजको र किरण थापाको कोरियोग्राफी, समिर मिया र सत्यम रानाको भीएफएक्स, साहिल खानको ट्रेलर, अष्ट महर्जनको एक्सन छ ।

दशैंको समयमा पारिवारिक कथा निकै चल्ने भएकाले पनि दर्शकका लागि चलचित्र ट्रेलर सार्वजनिक भएपछि अझै प्रतिक्षित बन्ने देखिएको छ । चलचित्रको शीर्ष गीतले दर्शकको मन जितिसकेको छ ।

©2025 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com