सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

सबस्त इन्टरटेनमेन्ट,काठमान्डौ –२० सेप्टेम्बरनव गायक रुजन सिवाकोटीले आफ्नो स्वरमा नयाँ गीत ‘चञ्चले आँखा…’को भिडियो अमेरिकाबाटै रिलिज गरेका छन् । अमेरिकाको भर्जिनियामा रहेर स्थानीय कार्यक्रममा गीत गाउँदै आएका झापा (नेपाल)का गायक रुजनलाई यो गीतमा युगल स्वरमा गायिका मेलिना राईले साथ दिएकी छिन् । गीत माधुर्य बनेको छ । यो गीत अमेरिकाको बाल्टिमोरमा रहेको संगीतकर्मी राजु लामाको आरएल डिजिटल रेकर्डिङ स्टुडियोमा रुजनले रेकर्ड गरेका हुन् ।
यो गीतमा रुजनसँगै गायिका मेलिना राईले युगर स्वर छ । डीपी खनालले लेखेको यो गीतमा देवेन्द्र बरालले संगीत गरेका हुन् । गीतमा विषम आचार्यको संगीत संयोजन, कुमार केसीको मिक्सिङ रहेको छ ।

सुनिल क्षत्री र नायिका केकी अधिकारीले अभिनय गरेको यो गीतको भिडियो रुजनले आफ्नो अफिसियल युट्युब च्यानलबाट रिलिज गरेका छन् । यो गीतको भिडियोमा निकै रमाईलो बनेको छ । भिडियोका निर्देशक सुनिल क्षेत्र र नायिका केकी अधिकारीको नृत्य आकर्षक छ । गीतको भिडियोमा निकै बनेको राम्रो छ । भिडियोको निर्देशन पनि सुनिलले नै गरेका हुन् । विभिन्न सुन्दर दृष्यलाई उनले भिडियोमा कैद गरेका छन् । गीत जस्तै भिडियो पनि नृत्य प्रधान बनेको छ । यो गीतको भिडियोलाई दर्शकले मन पराएकोमा रुजनले खुसी व्यक्त गरेका छन् ।

चञ्चले आँखा… गीतको भिडियोमा अबी वाग्लेको कोरियोग्राफी, दिनेश पराजुलीको छायांकन, अमृत चापागाईँको सम्पादन र रंग संयोजन छ ।

©2025 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com