सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

सबस्त इन्टरटेनमेन्ट,काठमान्डौ – नयाँ  चलचित्र ‘चिराग’ को पहिलो पोस्टर सार्वजनिक भएको छ । चलचित्र निर्माण टिमले रिलिज मिति तय गर्दै पोस्टर सार्वजनिक गरेको छ  । चलचित्र ‘चिराग’ आगामी मंसिर ५ देखि प्रदर्शनमा आउने छ  ।

सार्वजनिक पोस्टरमा चलचित्रका लेखक, निर्देशक कलाकार त्याग मूर्ति फिचर्ड छन् । उनी तेस्रोलिंगीको भूमिकामा देखिएका छन् । चलचित्रको पोस्टरमा आशाको चिराग कहिल्यै निभ्दैन भन्ने ट्यागलाइन राखिएको छ ।

चलचित्रमा त्यागमूर्तिसँगै सुशील पोख्रेल, प्रज्ञा जोशी, शुभास गजुरेल, दामोदर भण्डारी, शेर बहादुर डिसी, संकला गौतम, नरेश प्रसाद भट्ट, मनोज आचार्य, माधवा खनाल, मिनाक्षी खनाल, बाल कलाकार सागर खरेल लगायतको अभिनय रहेको छ ।

चलचित्रमा सह लेखन नरेश प्रसाद भट्ट र संकला गौतमको रहेको छ । चलचित्रका निर्माता संकला गौतम, नरेश प्रसाद भट्ट र त्यागमूर्ति हुन् । हरिनन्दा ब्यानरमा निर्माण भएको चलचित्रमा समावेश गीतमा दीपक लिम्बू र अस्मिता अधिकारीको स्वर रहेको छ भने । पार्श्व सङ्गीत लोकनाथ सापकोटा, मिक्सिङ आशिष सुनुवारको रहेको छ ।

राहुल राई र मेफुज अन्सारीले खिचेको चलचित्रको सम्पादन सुभाष देवकोटाले गरेका छन् । यस्तै कल्पेश विश्वकर्मा कलरपोस्टरको जिम्मेवारीमा छन् भने भिएफएक्स दिनेश ढकालले गरेका छन् । चलचित्रमा श्रृङ्गार डीके हमालको छ । चलचित्रमा गीतसंगीत पनि त्यागमूर्तिकै रहेको छ ।

©2026 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com