सबस्त इन्टरटेनमेन्ट,काठमान्डौ – हास्य सम्राट हरिबंश आचार्यको मुख्य भूमिका रहेको साथै यो बर्षको प्रतिक्षित चलचित्र ‘हरिबहादुरको जुत्ता’ को अग्रिम टिकट बिक्री सुरु भएको छ। नेपालका अधिकांश हलमा बुधवारदेखि नै टिकट बिक्री सुरु भइसकेको छ भने बिहीबारसम्म करिब सबै हलमा खुल्ने वितरकहरूले जनाएका छन्। चलचित्र ‘हरिबहादुरको जुत्ता’ सवै उमेर समुहका दर्शकले हेर्न पाउनेछन्।
दशैंको फूलपाती देखि प्रदर्शन तयारीमा रहेको चलचित्र ‘हरिबहादुरको जुत्ता’, ‘बलिदान’ र ‘माइतीघर’लाई हलले शोज विभाजन गरेका छन् ।शोज विभाजनको अनुपात ४०-३०-३० प्रतिशत देखिन्छ । हरिबंश आचार्यको मुख्य भूमिका रहेको चलचित्र ‘हरिबहादुरको जुत्ता’ ’ले कूल ११६ शोज पाएको छ ।
दिपेन्द्र के खनाल निर्देशित चलचित्रमा हरिवंश आचार्य, स्वस्तिमा खड्का, प्रकाश सपुत, प्रियंका कार्की, हरिहर शर्मा, दिव्य देव, किरण केसी, राजाराम पौडेल, दिनेश काफ्ले, सिता न्यौपाने, कमलमणि नेपाल लगायतका कलाकारको अभिनय रहेको छ।
एसएम मोसन पिक्चर्सको ब्यानरमा निर्माण भएको चलचित्रलाई सरोज ओली र मोहितबंश आचार्यले निर्माण गरेका छन्। कृष्ण बहादुर थापाले खिचेको चलचित्रलाई नकुल खड्काले सम्पादन गरेका छन्। वसन्त सापकोटा, दिपक शर्मा र प्रकास सपुतको संगीत रहेको चलचित्रमा आशिस अविरल, समिक्षा अधिकारी, मोहितवंश आचार्य, समिर खरेल र सज्जा चौलागाईको स्वर सुन्न सकिन्छ।
चलचित्र दशैँको फूलपाती (असोज १३) गतेबाट प्रदर्शनमा आउंदैछ।









प्रतिक्रिया