सबस्त इन्टरटेनमेन्ट,काठमान्डौ – आगामी असोज ३१ ग्तेबाट प्रदर्शनमा आउने सिनेमा ‘जेरी अन टप’को दोस्रो गीत ‘कुरौनी’ सार्वजनिक भएको छ । काली प्रसाद बास्कोटाको शब्द रचना तथा संगीत रहेको तामाङ सेलो फ्लेवरमा तयार पारिएको गीतमा संगीतकार बास्कोटा र सोमिया बराइलीको स्वर रहेको छ ।
बुढासुब्बा डिजिटलबाट सार्वजनिक गीतको भिडियोमा कलाकारहरु अनमोल केसी, जसिता गुरुङ, आँचल शर्मा र केदार घिमिरे (माग्ने बुढा) लाई प्रस्तुत गरिएको छ । दुलिप रेग्मीले छायांकन गरेको गीतको भिडियोमा किरण थापामो कोरियोग्राफी रहेको छ ।
सुयोग गुरुङको निर्देशनमा तयार भएको ‘जेरी अन टप’मा अनमोल र आँचलसँगै अभिनेत्री जसीता गुरुङ, हाँस्य अभिनेता केदार घिमिरे ‘माग्नेबुढा’, अभिनेता भुवन केसी र उषा खड्गी प्रमुख अभिनयमा छन् । अभिनेत्री सुरक्षा पन्तले चलचित्रमा एक विशेष भुमिका निभाएकी छन् ।
सरोज न्यौपानेको प्रस्तुतिमा तयार चलचित्रको निर्माणमा न्यौपानेसँग रोविन शेरचन, रामकृष्ण श्रेष्ठ र दीपक भण्डारीले साझेदारी गरेका छन् ।चलचित्रको कथा हेमराज बिसीको हो ।
अनुराधा गिरी र इश्वर श्रेष्ठ चलचित्रको कार्यकारी निर्माता रहँदा एसोसिएट निर्मातामा नविन घिमिरे, विवेक थापा र भविष्य खड्का छन् । ‘जेरी अन टप’मा कालिप्रसाद बाँस्कोटा, जयन जे वाइबा, जोहन चाम्लिङ राई र व्रिजेश श्रेष्ठको संगीत छ । विस्वास तिम्सिनाको पटकथा र दुलिप रेग्मीको छायांकन छ ।
चलचित्रलाई रीच इन्टरटेन्मेन्ट र एफडी कम्पनिले वितरण गर्दैछन् । चलचित्र सगरमाथा आरोहण र यात्राको क्रममा हुने प्रेमकथामा आधारित छ ।
प्रतिक्रिया