सबस्त इन्टरटेनमेन्ट,काठमान्डौ –तिहारको अबसर पारेर यहि असोज ३१ बाट सार्वजनिक प्रदर्शनमा आउन लागेको चलचित्र ‘जेरी अन टप’ को गीत ‘आमैले भन्थे’सार्वजनिक भएको छ ।बडा दशैको दिन पारेर बुढासुब्बा डिजिटल मार्फत चलचित्र ‘जेरी अन टप’ को गीत ‘आमैले भन्थे’ युट्यूवमा सार्वजनिक गरिएको छ ।
बिराज गौतम/ राजेश पायल राइ र अन्नु ढकाल को स्वर लाई बृजेश श्रेष्ठ र बिराज गौतमले शब्द भर्दै संगीत कम्पोज गरेका छन् र संगीत निर्मातामा बृजेश श्रेष्ठ रहेर तयार पारिएको गीत सुन्दा रमाइलो छ। चलचित्रको गीतको लागि भिडियोमा कोरियोग्राफी किरण थापाले गरेका छन् भने चलचित्र ‘जेरी अन टप’ मै समावेश पहिले सार्वजनिक अन्य दुइ गीत ‘कस्तूरी’ र ‘कुरौनी’ लाई दर्शकबाट प्रशंसा भैरहेको छ। युट्यूव, टिकटक, इन्स्टाग्राम जस्ता सामाजिक सञ्जालमा ट्रेण्डिङमा नै छ ।
चलचित्रका मुख्य कलाकार अनमोल केसी र आंचल शर्मा,भुवन के सी ,उषा खड्गी र केदार प्रसाद घिमिरेको उपस्थिति रहेको गीत हेर्दा रमाइलो बनेको छ। अनमोल केसी र आंचल शर्माको केमेस्ट्रिलाई दर्शकले मन पराउने छन् ।
अनन्या फिल्मस् को ब्यानरमा तयार चलचित्रलाई सुयोग गुरुङले निर्देशन गरेका हुन् । सरोज न्यौपानेको प्रस्तुतिमा बनेको चलचित्रमा अनमोल र जसीतासँगै आँचल शर्मा, केदार घिमिरे, भुवन केसी, उषा खड्गी, सुरक्षा पन्त प्रमुख कलाकार छन् । हेमराज बिसीको कथामा बनेको चलचित्रमा पटकथा विस्वास तिमिल्सिनाको छ । दुलिप रेग्मी सिनेमाटोग्राफर र निमेश श्रेष्ठ सम्पादक छन् ।
प्रतिक्रिया