सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

सबस्त इन्टरटेनमेन्ट,काठमान्डौ – आउँदो तिहारको भाइटीकाको दिन अर्थात आगामी कात्तिक ६ गतेदेखि प्रदर्शनमा आउने नेपाली चलचित्र ‘वरिष्ठ बलराम’ को ट्रेलर सार्वजनिक भएको छ । बिहीवार काठमाडौंमा एक कार्यक्रमबीच सार्वजनिक गरिएको ट्रेलरमा चलचित्रका मुख्य कलाकारहरु दयाहाङ राई तथा विजय बरालबीचको संघर्षलाई प्राथमिकता दिइएको छ ।

खोलाको ढुंगा तथा बालुवाको ठेकेदारको भूमिकामा प्रस्तुत भएका दयाहाङको एकमना खोलामा विजयले आँखा गाडेपछि प्रारम्भ हुने द्वन्दको सेरोफेरोमा चलचित्रको ट्रेलर केन्द्रित रहेको छ । ट्रेलरमा एकातिर दयाहाङ आफ्नो अगाडि–पछाडि केटाहरु राखेर रवाफका साथ हिँडिरहेको देखिन्छन् भने अर्कोतिर विजय सुन्दर युवती समृद्धि अर्यालको प्रेममा परेको देखाइएको छ ।

‘वरिष्ठ बलराम’ को निर्देशन,कथा तथा सम्पादन सुरेन्द्र पौडेलले गरेकाछन् भने चलचित्रमा दयाहाङ तथा विजयसंगै समृद्धि अर्याल, पशुपति राई, माओत्से गुरुङल, भोलाराज सापकोटा, रामबाबु रेग्मी, प्रदीप कुमार चौधरी (पीके) आदि कलाकारहरुको  अभिनय रहेको छ ।

चलचित्रको पटकथा महेश दवाडीले लेखेका हुन् । वृषभ सिद्धी इन्टरटेनमेन्टको प्रस्तुतिमा आन्भी फिल्मसको सहकार्य रहेको कथा तथा सम्पादनमाका निर्माता आशिष एच तामाङ र श्रीराज कार्की हुन् । मनकृष्ण महर्जनको छायांकन रहेको कथा तथा सम्पादनमामा प्रशान्त शिवाकोटीको संगीत, सम्राट बस्नेतको एक्सन निर्देशन, प्रदीप लामाको नृत्य निर्देशन छ ।

कथा तथा सम्पादनमालाई काठमाडौं उपत्यकामा डीसीएन र उपत्यका बाहिर कुवेर सिने डिस्ट्रिव्युसनले वितरण गर्नेछ ।

©2025 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com