सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

सबस्त इन्टरटेनमेन्ट,काठमान्डौ – तिहारको अबसर पारेर यहि असोज ३१ बाट सार्वजनिक प्रदर्शनमा आउन लागेको चलचित्र ‘जेरी अन टप’ को ट्रेलर सार्वजनिक भएको छ । शुक्रबार काठमाडौंको लबिम मलमा आयोजित विशेष कार्यक्रमबीच ट्रेलर सार्वजनिक गरिएको हो ।

ट्रेलर सार्वजनिक कार्यक्रममा अभिनेता भुवन केसी, अभिनेत्री उषा खड्गी, नायिकाद्वय आँचल शर्मा,जसिता गुरुङ साथै चलचित्रको टिमको उपस्थिति रहेको थियो भने नायक अनमोल केसी भने स्वास्थ्य समस्याका कारण उपस्थिति जनाउन सकेनन्।

बुढासुब्बा डिजिटल मार्फत सार्वजनिक भएको भएको  ३ मिनेट ४० सेकेन्ड लामो ट्रेलरले सगरमाथा आरोहणका दृश्यहरूलाई केन्द्रमा राख्दै रोम्यान्स, ड्रामा, संवेदना र एड्भेन्चरको मिश्रण प्रस्तुत गरेको छ । सगरमाथा क्षेत्र, मुस्ताङ र काठमाडौंमा खिचिएका दृश्यहरूले चलचित्रलाई ‘भिजुअल्ली रिच’ बनाएको देखिन्छ । ट्रेलरमा प्रेम, धोका, जीवन-मृत्युको संघर्ष र पर्वतीय यात्राको जोखिमलाई एकसाथ जोडेर प्रस्तुत गरेको छ, जसले कथामा गहिरो भावनात्मक प्रभाव ल्याएको छ।

चलचित्रका मुख्य कलाकार अनमोल केसी र आंचल शर्मा,भुवन के सी ,उषा खड्गी र केदार प्रसाद घिमिरेको उपस्थिति रहेको ट्रेलर हेर्दा सबैको मन जित्ने पक्का रहेको छ। अनमोल केसी र आंचल शर्माको केमेस्ट्रिलाई दर्शकले मन पराउने छन् ।

अनन्या फिल्मस् को ब्यानरमा तयार चलचित्रलाई सुयोग गुरुङले निर्देशन गरेका हुन् । सरोज न्यौपानेको प्रस्तुतिमा बनेको चलचित्रमा अनमोल र जसीतासँगै आँचल शर्मा, केदार घिमिरे, भुवन केसी, उषा खड्गी, सुरक्षा पन्त प्रमुख कलाकार छन् । हेमराज बिसीको कथामा बनेको चलचित्रमा पटकथा विस्वास तिमिल्सिनाको छ । दुलिप रेग्मी सिनेमाटोग्राफर र निमेश श्रेष्ठ सम्पादक छन् ।

©2025 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com