सबस्त इन्टरटेनमेन्ट,काठमान्डौ – षट्कोण आर्ट्सले निर्माण गरिरहेको नयाँ चलचित्र ‘लाली बजार’ को बर्दियाको राजापुरमा शुभ मुहुर्त गर्दै छायांकन शुरु भएको छ ।
चलचित्रको सम्पूर्ण छायांकन आगामी ३५ दिनमा पूरा गरिने लक्ष्य राखिएको चलचित्रमा मुख्य भुमिका स्वस्तिमा खड्काको रहने छ ।
यम थापाको लेखन तथा निर्देशन रहेको चलचित्रका निर्माता रवीन्द्रसिंह बानियाँ र म्याक्स दीपेस खत्री र निर्देशक प्रदीप भट्टराई कार्यकारी निर्माताका रुपमा रहेका छन् ।
चलचित्र ‘लाली बजार’लाई ‘जात्रा’ सीरीजमार्फत स्थापित भएको निर्माण संस्थाषट्कोण आर्ट्सलेले निर्माण गरिरहेको छ भने चलचित्र आगामी फागुन १ गतेदेखि प्रदर्शनमा आउने छ ।
प्रतिक्रिया