सबस्त इन्टरटेनमेन्ट,काठमान्डौ – तिहारको अबसर पारेर यहि असोज ३१ बाट सार्वजनिक प्रदर्शनमा आउन लागेको चलचित्र ‘जेरी अन टप’ को गीत ‘औठी चिनो ’ सार्वजनिक भएको छ । चलचित्र प्रदर्शनको दुइ दिन अघि पारेर बुढासुब्बा डिजिटल मार्फत चलचित्र ‘जेरी अन टप’ को गीत ‘औठी चिनो ’ युट्यूवमा सार्वजनिक गरिएको छ ।
उक्त गीतमा अनमोल केसी र जसीता गुरुङलाई फिचर्ड गरिएको छ । मौन मायाको आभास गराउदै अनमोल र जसीताले गीतमा रमाईलो गरिरहेको देखिन्छ ।
यस डि योगीको स्वरलाई राजेश अर्यालले शब्द भर्दै संगीत कम्पोज सुशान्त गौतम र रिकेश गुरुङले गरेका छन् । सार्वजनिक गीत सुन्दा रमाइलो छ। चलचित्रको गीतको लागि भिडियोमा कोरियोग्राफी किरण थापाले गरेका छन् भने चलचित्र ‘जेरी अन टप’ मै समावेश पहिले सार्वजनिक अन्य दुइ गीत ‘कस्तूरी’ र ‘कुरौनी’ लाई दर्शकबाट प्रशंसा भैरहेको छ। युट्यूव, टिकटक, इन्स्टाग्राम जस्ता सामाजिक सञ्जालमा ट्रेण्डिङमा नै छ । चलचित्रको ट्रेलर पनि सामाजिक सञ्जालमा ट्रेण्डिङमा
अनन्या फिल्मस् को ब्यानरमा तयार चलचित्रलाई सुयोग गुरुङले निर्देशन गरेका हुन् । सरोज न्यौपानेको प्रस्तुतिमा बनेको चलचित्रमा अनमोल र जसीतासँगै आँचल शर्मा, केदार घिमिरे, भुवन केसी, उषा खड्गी, सुरक्षा पन्त प्रमुख कलाकार छन् । हेमराज बिसीको कथामा बनेको चलचित्रमा पटकथा विस्वास तिमिल्सिनाको छ । दुलिप रेग्मी सिनेमाटोग्राफर र निमेश श्रेष्ठ सम्पादक छन् ।
प्रतिक्रिया