सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

सबस्त इन्टरटेनमेन्ट,काठमान्डौ – आगामी मंसिर १२ गतेबाट प्रदर्शनमा आउने चलचित्र ‘हर्ष’को नयाँ पोस्टर सार्वजनिक गरिएको छ । शुक्रबार सार्वजनिक चलचित्रमाको नयाँ पोस्टरमा सिनेमाका तीन मुख्य पात्र खगेन्द्र लामिछाने, वर्षा राउत र बालकलाकार साइमन वादीलाई प्रस्तुत गरिएको छ ।

यो पोस्टरलेचलचित्र पूर्ण रुपमा पारिवारिक कथामा निर्माण भएको झल्को दिन्छ । खगेन्द्र र वर्षा छोरासँग खुशी भावमा प्रस्तुत छन् । जसले सन्तानप्रति अविभावको लगाव त्यसले दिने आनन्दायी क्षणलाई चलचित्रको मुल कथाको रुपमा प्रस्तुत गरिएको आभाष पोस्टरले गाराएको छ ।

यो चलचित्रलाई डेव्यु निर्देशक एकता पौडेलले निर्देशन गरेकी हुन् । उनी स्वर्गिय निर्देशक शिव रेग्मीकी भान्जी हुन् । न्यूयोर्क फिल्म एकेडेमीमा सिनेमा मेकिङ अध्ययन तथा आमसंचारमा स्नातक र व्यवस्थापन तथा नेतृत्व विषयमा स्नातकोत्तर गरेकी निर्देशक पौडेलले यसअघि केही छोटा चलचित्र समेत निर्माण गरेकी छन् । उनले दर्शकलाई ‘हर्ष’ चलचित्र उत्कृष्ट रुपमा पस्किने बताउँदै आइरहेकी छन् ।

चलचित्रमा खगेन्द्र, वर्षा र साइमनसहित निर शाह, सन्तोष पन्त, शर्मिला मल्ल, माओत्से गुरुङ, विशाल पहाडी, निमा पाण्डे, लुनिभा तुलाधर, अंशु महर्जन, रेनु प्रधान, सुवर्ण थापा, श्रृष्टि महर्जन, सिर्जना नापितको अभिनय छ । चलचित्रमा आलोक शुक्लाको छयांकन, समीररहिमाल, वसन्त सापकोटा तथा एलिश कार्काको संगीत, लोकेश बज्राचार्यको सम्पादन तथा सुनिल क्षेत्री र निर्देशक पौडेलको कोरियोग्राफी रहेको छ ।

अष्टलक्ष्मी प्रोडक्सन्स् र ई(प्राईम मुभिजको ब्यानरमा निर्माण भएको चलचित्रको कथा स्वयं निर्देशक पौडेलको हो । प्रशन्न पौडेल र विकास पौडेल निर्माता तथा हिक्मत चोखाल कार्यकारी निर्माता रहेको चलचित्रमाका प्रोडक्सन म्यानेजर इश्वर घिमिरे, मुख्य सहायक निर्देशक कुलदीप शर्मा हुन् । काफिया फिल्मस् र डिसिएनले वितरण गर्ने चलचित्रको डिजिटल पार्टनरमा बुढासुब्बा डिजिटल छ ।

चलचित्रको आगामी मंगलबार अर्थात् कार्तिक १८ गते ट्रेलर सार्वजनिक हुनेछ । ट्रेलर सार्वजनिक भएसँगै आक्रामक प्रचारमा लाग्ने तयारी निर्माण टिमको छ ।

©2025 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com